Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘तीन तिघ्रे क्या बिग्रे’ मा प्रभात लामाको डेब्यू: पशुपति शर्मा र पारितोषिकाको पनि मुख्य भूमिका
- ‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित
- ‘गौँथली’ ट्रेलर हेरेपछि दर्शक भन्छन्- ‘गौँथली’ ले हलमा आँसुको भेल बगाउने पक्का
- भदौ १२ मा आउने फिल्म ‘पार्वती’ को डबिङ सकिन्, उत्साहित छिन् निर्देशक नीता
- तुइन खोलामा पहिरो रोकथाम सुरु
- मुटु उपचार सेवाको थप विकास र विस्तार आवश्यक
- किसानका समस्यादेखि प्राकृतिक प्रकोपसम्मको चर्चा
- विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजलाई नयाँ मापदण्ड, अनुमति खारेजसम्मको व्यवस्था
- गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
- मुख्यसचिवमा कार्की नियुक्त
नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले घट्यो
काठमाडौँ,
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९२ अङ्कले ओरालो लागेर ४५६ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक दुई दशमलव ०६ अङ्कले घटेर १७९ दशमलव ८९ मा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ४२ अङ्कले घटेर १५४ दशमलव ५८ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर रु चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूहमध्ये १२ वटा उपसमूह घट्यो भने एक उपसमूह बढ्यो । आज २५ कम्पनीको सेयर बढ्यो भने २४७ कम्पनीको सेयर घट्यो ।
नेप्सेका अनुसार सिटिजन बैंक डिबेञ्चर, एनएमबी डिबेञ्चर, प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्था र सानीगाढ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
Next Post