सुचना, समाचार र मनोरन्जन

शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने?

हामीमध्ये अधिकांशले शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्दैनौँ। डाक्टर प्रवेश हमालका अनुसार शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुक्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन। पानीको कमीले स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन, जसले गर्दा एकाग्रता कायम राख्न सकिँदैन।

शरीरमा पानी पुगे(नपुगेको हामीले तिर्खा र पिसाबको रङबाट थाहा पाउन सक्छौँ। तिर्खा लागेन र पिसाबको रङ सफा भयो भने हाम्रो शरीरमा पर्याप्त पानीको मात्रा छ भनेर बुझ्नुपर्छ।

सही तरिकाले पानी नपिउने कुनै पनि मानिसले चाहे जतिसुकै स्वस्थकर खाना खाए पनि त्यसको फाइदा शरीरलाई हुँदैन। जसका कारण भविष्यमा मानिसले स्वास्थ्यसम्बन्धी अनेकौँ समस्याहरू भोग्नुपर्ने हुन्छः जस्तै– अपच, कब्जियत, ग्यास्ट्रिक, कलेजोसम्बन्धी समस्या, आलस्य, मिर्गौला (किड्नी) को पत्थरी, रोग प्रतिरोधात्मक क्षमतामा कमी, समय–समयमा बिरामी हुनु, दाद, छालाको एलर्जी, मुखमा दागधब्बा, शरीर बारम्बार चिलाउनु र टाउको दुख्नु।

हाम्रो शरीरमा ७२ प्रतिशत पानी हुने गर्छ। त्यसकारण हामीले पिउने पानीले हाम्रो शरीरमा रहेका मिर्गौला, कलेजो, फोक्सो, पाचन प्रक्रिया र शरीरका सबै अङ्गलाई सही तरिकाले काम गर्न अर्थात् हाम्रो शरीरमा रहेका कोषहरूलाई जीवित राख्न मद्दत गर्दछ।

शरीरमा पानीको अभाव भएरनभएको यसरी थाहा पाउन सकिन्छ
पिसाबको रङस् सफा वा हल्का पहेँलो पिसाब आउनु शरीरमा पानी पुगेको सङ्केत हो। यदि पिसाब गाढा पहेँलो रङको आउँछ भने शरीरलाई पानीको अभाव छ।

मुख तथा घाँटी सुक्नुः पर्याप्त पानी नपाउँदा मुख र घाँटीमा सुक्खापन हुन्छ। बारम्बार प्यास लाग्नु यसको मुख्य लक्षण हो।

छालाको परीक्षणः हातको छालालाई केही सेकेन्ड तानेर छोड्दा छाला तुरुन्तै आफ्नो पुरानो अवस्थामा नफर्किएमा शरीरमा पानीको कमी छ भनेर बुझ्नुपर्छ।

टाउको दुख्नु र चक्कर आउनु्ः मस्तिष्कसम्म पुग्ने तरल पदार्थ कम हुँदा टाउको भारी हुने वा रिँंगटा लाग्ने हुन्छ।

कब्जियत र पाचनमा गडबडः पानी कम हुँदा पाचन प्रक्रिया कमजोर हुन्छ र कब्जियतको समस्या देखा पर्छ।

Leave A Reply

Your email address will not be published.