सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री र मन्त्रीविरुद्ध चुइक्क नबोल्न ओलीको आग्रह

काठमाडौं,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र मन्त्रीविरुद्ध अभिव्यक्ति दिँदा सचेत हुन आग्रह गरेका छन्।

एमालेको शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्न गठित कार्यदलको बिहीबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा उनले प्रधानमन्त्री वा मन्त्रीविरुद्ध बोल्दा कानुनी समस्या आउन सक्ने भन्दै सतर्क रहन निर्देशन दिएका हुन्।

ओलीले “बोल्ने बेलामा होस् गर्नुस्, लेख्ने बेलामा होस् गर्नुस्, प्रसारण गर्ने बेलामा बेस्सरी होस् गर्नुस्। गाली हामीलाई गर्नुस्, सरकारतिर होइन,” भन्दै सरकारको सट्टा आफूहरूलाई आलोचना गर्न आग्रह गरे।

उनले “हामीलाई जति गाली गर्न पाइन्छ, सरकारलाई होइन,” भन्दै सरकारविरुद्ध अभिव्यक्ति दिँदा विशेष सावधानी अपनाउनुपर्ने धारणा व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.