सुचना, समाचार र मनोरन्जन

निखिल उप्रेतीको ‘आचार्य’को प्रदर्शन मितिमा अन्योलता, दशैंमा आउने चर्चा

काठमाडौं :

फिल्म निर्माण गर्नुभन्दा प्रदर्शन गर्न चुनौती छ। फिल्म बनाइसकेपछि उचित समयमा फिल्म प्रदर्शन गर्न सकिएन भने व्यवसायिक रुपमा समेत असर पर्छ। यस्तै अन्योलता भोगिरहेका निर्देशक हुन् अभिनेता निखिल उप्रेती। उनको निर्देशकीय कमब्याक फिल्म ‘आचार्य’को प्रदर्शन मितिलाई लिएर देखिएको अन्योल देखिएको हो।
निर्माण पक्षबाट अहिलेसम्म यो फिल्मको प्रदर्शन मिति यति नै खेरबाट भन्ने छैन। हल्लामा आए अनुसार यसअघि साउन २९ गते प्रदर्शन हुने चर्चामा थियो। अहिले यो समय टरेर आगामी विजयादशमी (दशैं)को छेको पारेर आगामी असोज ९ गतेबाट प्रदर्शनमा आउने चर्चा चल्न थालेको छ। तर यकिन भने भएको छैन।

यस फिल्ममा अभिनेत्री सञ्चिता लुईंटेल निर्माता हुने भने कलाकारमा निखिलसहित पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासियालगायत छन्। भारतीय कलाकार दीपराज राणाको पनि फिल्ममा मुख्य भूमिका छ। नखिलले ११ वर्षअघि फिल्म ‘भैरव’ निर्देशन गरेका थिए।

Leave A Reply

Your email address will not be published.