Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छः मन्त्री पोखरेल
- राजेन्द्र खड्की र पुजना प्रधान स्टारर ‘हवन’ को छायांकन सम्पन्न, समाजको कालो पाटो खोतल्ने
- पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
- महेश त्रिपाठी र अन्जना बराइली स्टारर ‘आशा’ को सुटिङ सुरु, राजिव गुरुङको निर्देशन
- ‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी
- ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट
- सेतीवेनीमा बढ्दै भारतीय पर्यटक
- देशभर ६१ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि
- सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित
- आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन
सेतीवेनीमा बढ्दै भारतीय पर्यटक
गण्डकी,
स्याङजा, पर्वत र गुल्मी जिल्लाको सङ्गमस्थल सेतीवेनीले पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिले थप महत्त्व पाउन थालेको छ ।
कालीगण्डकी नदीबाट शालिग्राम शिला भारतको अयोध्यामा लगेसँगै सेतीवेनीको शिलाको दर्शन गर्न आउने भक्तजन तथा पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
विसं २०७९ मा म्याग्दीको गलेश्वरधामस्थित कालीगण्डकीबाट लगिएको शालीग्राम अयोध्यामा प्राणप्रतिष्ठा गरिएपछि सेतीवेनी क्षेत्रमा पुगेर शालीग्रामको दर्शन गर्ने र मुक्तिनाथ जाने भारतीय पर्यटक बढिरहेको पण्डित केशवराज न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार धार्मिक आस्था बोकेको उक्त क्षेत्रको शिला दर्शकका लागि भाकल गरेमा सन्तान प्राप्त हुने, रोकिएका बालबालिकाको वाक्य खुल्ने, रोगव्याधिबाट मुक्ति मिल्ने तथा वैदेशिक रोजगारीमा सफलता प्राप्त हुने जन विश्वास छ ।
भाकल गरिएका विषयमा मनोकामना पूरा भएपछि भक्तजन पुनःआउने भएकाले पछिल्लो समय त्यहाँ दैनिक १०० देखि १५० जना भारतीय पर्यटक शिला दर्शन गर्न आउने गरेको पाइएको छ ।
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको पहुँच विस्तार भएसँगै त्यहाँ पुग्ने यात्रुको सङ्ख्या बढ्दै गएको छ । उहाँले भन्नुभयो, “मुक्तिनाथ दर्शनमा जाने तीर्थयात्री सेतीवेनीमा रोकिएर शिलाको दर्शन गर्छन् । मुक्तिनाथ जानुअघि त्यस शिलाको दर्शन गरे यात्रा सफल हुने धार्मिक विश्वास छ ।”
कालीगण्डकी नदीस्थित सेतीवेनी तीन जिल्लालाई जोड्ने, प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको सङ्गमका रुपमा रहेको छ । पण्डित न्यौपाने भन्नुहुन्छ, “यहाँ आउने पर्यटकले पूजा आराधनासहित नदी किनारको मनोरम दृश्य, शालिग्राम संस्कृतिसँग जोडिएको इतिहास र स्थानीय धार्मिक परम्पराको अनुभव गर्छन् ।”
त्यस क्षेत्रको थप प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणका कार्यक्रम अघि बढाउन सके मुलुकको मात्र नभइ सेतिवेनी विश्वकै धार्मिक पर्यटकीय गन्तव्य एवं अनुसन्धानको केन्द्र बन्न सक्ने स्थानीयको भनाइ छ ।
पछिल्लो वर्षहरुमा सेतीवेनी पुग्ने पर्यटकलाई कालीगण्डकीमा गरिने जल विहार अर्को आकर्षण बनेको छ । स्याङ्जाको मिर्मीबाट सुरु हुने जलयात्राले कालीगण्डकीको मनोरम दृश्य, नदी किनारका वस्ती र प्राकृतिक सम्पदाको अवलोकनबाट पर्यटकलाई बेग्लै आनन्दको अनुभूति दिलाउने छ ।
यसैबीच, कालीगण्डकीमा बर्सेनि आउने बाढीले कटान गर्दै शिलाको आधार क्षेत्र कमजोर बनाएको प्रति स्थानीय चिन्तित रहेको पाइएको छ ।
उहाँहरुले शिलाको दीर्घकालीन संरक्षणका लागि प्राविधिक अध्ययन गरी सुरक्षित परिक्रमा मार्ग, अवलोकनस्थल तथा संरक्षण संरचना निर्माणमा विशेष ध्यान पु¥याउन तीन तहकै सरकारसँग माग गर्नुभएको छ ।