Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘माइल्ड अटिजम’ र छोरीको शिक्षाको कथा बोकेको ‘गौँथली’ हेरेर दर्शक भावुक, हलमा उत्साहजनक उपस्थिति
- ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, नयाँ आइकनको खोजी सुरु
- निर शाहको शब्द र शम्भुजित बास्कोटाको संगीत: चलचित्र ‘प्रिन्स’ को पहिलो गीत रेकर्ड
- ‘जदौ’ को शीर्ष गीत ‘जदौ हजुर..’ सार्वजनिक: नीति र मुकुन भन्छन्– ‘फरक र वास्तविक कथा छ’
- टिकटमा ५० प्रतिशत छुटको कमाल: १ करोड ७७ लाख कमाउँदै ‘रोल नं १’ ५१औँ दिनमा
- मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
- महँगीको डढेलो : भान्छाबाट हराएको खुसी
- वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
- ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
- महाकाली नदीमा फसेका युवकको उद्धार
महाकाली नदीमा फसेका युवकको उद्धार
महेन्द्रनगर,
कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बल नं ३५ शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलले दोधारा–चाँदनी झोलुङ्गे पुलभन्दा करिब दुई किलोमिटर दक्षिण महाकाली नदीको बीच भागमा फसेका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–६ का ५२ वर्षीय उमेश चौलागाईंलाई सकुशल उद्धार गरिएको जानकारी दिए ।
उनले दोधारा–चाँदनीको देवीस्थानमा रहेको सशस्त्र प्रहरी बलको विपद् तालिम प्राप्त टोली र इलाका प्रहरी कार्यालयबाट खेटिएको टोलीले चौलागाईंलाई सकुशल उद्धार गरेको जानकारी दिए । वर्षात् सुरु भएसँगै महाकाली नदीमा पानीको बहाव बढेकाले आवश्यक सतर्कता अपनाउन उनले सर्वसाधारणलाई आग्रह गरे ।
Prev Post