Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- विपद् उद्धारका लागि दुगड़ ग्रुप र कर्मचारीको १ करोड ११ लाख सहयोग
- सुपरस्टारसँग रोहित अधिकारीको लगातार सहकार्य, अनमोल र पलसँग दुई फिल्म बनाउँदै
- चिया पसलदेखि पोखरा उद्योग वाणिज्य संघको पहिलो महिला अध्यक्षसम्म : शोभा गौतमले रचिन् ७२ वर्षे इतिहास
- डेब्यु जोडी सोनाल र कस्मताको ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक
- शोभा गौतम: चिया पसलदेखि पोउवा संघको पहिलो महिला अध्यक्षसम्म, रचिन ७२ वर्षे इतिहास
- शुष्मा गुरुङको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक
- आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि
- नीताको ‘पार्वती’ दोस्रो सातामा प्रवेशसँगै गरियो मार्मिक गीत ‘भगवान सबैको होइन र’
- ‘फेस अफ नेपाल २०२६’ को उपाधि सुमन र जियोनलाई, कोरियामा नेपालको प्रतिनिधित्व गर्ने
- आँधी बनेर छायो ‘बेहुली’को ट्रेलर: नेपालमा नम्बर वनसहित विश्वका ११ देशमा ग्लोबल ट्रेन्डिङमा
‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह
काठमडाैँ,
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ‘लेवल’ नभएका, नक्कली तथा कम गुणस्तर भएका, चोरी पैठारी गरिएको फुटवेयर (जुत्ता, चप्पललगायत) उत्पादनका भौतिक तथा ‘डिजिटल प्लेटफर्म’को माध्यमबाट बिक्रीवितरण नगर्न आग्रह गरेको छ ।
विभागले विभिन्नमाध्यमबाट आफूलाई उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै आग्रह गरेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ मा उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा ऐनले तोकेबमोजिमको लेवल लगाउनुपर्ने, दफा ८ मा पैठारीकर्ताले वस्तु पैठारी गर्दा कानुन बमोजिमका शर्त पूरा गर्नुपर्ने र दफा ११ वस्तु बिक्री गर्ने बिक्रेताको दायित्वलगायतका कानुनी प्रावधान बमोजिम उपभोक्ताले गुस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरेको छ ।
शुक्रबार सूचना जारी गर्दै विभागले सम्बन्धी सबै उत्पादक पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेतालाई कानुनले तोकेबमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी उद्योग व्यवसाय सञ्चालन गर्न गराउन सूचित गरेको छ ।
उल्लेखित कानुन विपरितकार्य भए गरेको पाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारवाही हुने व्यहोरासमेत सम्बन्धित सबैलाई विभागले जानकारी गराएको छ ।
Prev Post