Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘मन बिनाको धन–२’को काठमाडौँ सेड्युल सकियो, दोस्रो चरणका लागि टोली मुस्ताङ जाँदै
- फिल्म ‘पार्वती’ तेस्रो हप्तामा : वरिष्ठ कलाकार र व्यक्तित्वहरूद्वारा नीताको अभिनय र निर्देशनको उच्च प्रशंसा
- बिपना थापा र वर्षा राउतसँगै फिल्म ‘बाकस’मा देखिने भए महेश त्रिपाठी
- उद्यमी भीमप्रसाद घिमिरेलाई ‘इन्ड्रस्ट्रियल एन्ड बिजनेश लिडरसिप एक्सीलेन्स अवार्ड’
- ९९औँ एकेडेमी अवार्डमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट
- ‘झिङ्गे दाउ २’ को ट्रेलर सार्वजनिक: दाजुभाइ र देउरानी-जेठानीको झगडाको कथा
- ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को घोषणा: असोज १० गते अडिसन, मंसिर ५ मा ग्राण्ड फिनाले
- विपद्को पीडामा खल्लो बन्दै तीज
- देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश
- मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
गोरु पाल्ने किसानलाई पाेखरा महानगरकाे प्रोत्साहन
गण्डकी,
पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको बीउबिजन प्रदान गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा १९ वटा वडाका ५५० गोरुलाई रु १० हजारका दरले रु ५५ लाख प्रोत्साहन रकम प्रदान गरिएकामा गत आवमा तिनै किसानलाई लक्षित गरी उन्नत जातको बीउबिजन वितरण गरिएको हो ।
किसानलाई हौसलासहित परम्परागत कृषि प्रणालीको जगेर्नाका लागि गोरु पाल्नेलाई प्रोत्साहन अनुदान उपलब्ध गराइएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।
गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छोड्ने प्रवृत्तिमा पनि केही कमी आएको छ । महानगरले सबैभन्दा बढी वडा नं २१ का ८४, वडा नं १६ का ८४, वडा नं २४ का ६२, वडा नं २३ का ५१, वडा नं २० का ४८, वडा नं २२ का २८, वडा नं १८ का ३१, वडा नं २८ का ३२, वडा नं ३१ का ३८, वडा नं ३३ का २९, वडा नं १३ का १२, वडा नं १९ का आठ, वडा नं २७ का छ, वडा नं २६ का पाँच, वडा नं २५ का तीन, वडा नं ३२ का ११ र वडा नं ६ मा दुई/दुई र वडा नं १५ एक गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएको हो ।