सुचना, समाचार र मनोरन्जन

‘खाली भयो जेब’ लिएर आए कस्तुप पन्त,रामजी खाँण र एलिना चौहान

काठमाडौं :

साउन महिना शुरु भएसँगै नेपाली सङ्गीत बजारमा तीज गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यहि क्रममा  सर्जक कस्तुप पन्तले नयाँ तीज गीत ‘खाली भयो जेब’ सार्वजनिक गरेका छन् । लोकप्रिय गायिका एलिना चौहानको स्वरले सजिएको गीतमा कस्तुप पन्तको शब्द तथा सङ्गीत रहेको छ । रमेश सेन्चुरीको सङ्गीत संयोजन र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट खुमन राना र सुमन राना हुन् । गीतमा रामजी खाँणको पनि स्वर सुन्न सकिन्छ। यस गीतमा वैंशालु युवतीका रहर र चाहनाहरुलाई गीतको मुख्य विषयवस्तु बनाइएको छ। तीजका अवसरमा महादेवसँग आरधना गर्दै उनले आफ्ना रहरहरु पुरा गरिदिन बिन्ति गरेकी छिन् ।

गीतको भिडियोतर्फ चर्चित मोडल एलिना रायमाझी र पार्वती श्रेष्ठको मुख्य अभिनय र धमाकेदार नृत्य देख्न सकिन्छ। स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशनमा तयार भएको उक्त भिडियोलाई करण चैसिरले छायाङ्कन र बिनोद बमले सम्पादन गरेका हुन्। चाडबाडको संस्कृति र समसामयिक सामाजिक परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरिएकाले यस वर्षको तीजमा यो गीतले श्रोता तथा दर्शकको भरपूर माया पाउने विश्वास निर्माण पक्षले लिएको छ । गीतलाई आधिकारिक युट्युब च्यानल र विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ ।

लामो समयदेखि एकपछि अर्को हिट गीत दिइरहेकी गायिका एलिना चौहान र सर्जक कस्तुप पन्तको यो सहकार्यले यस वर्षको तीजमा श्रोता तथा दर्शकको भरपूर माया पाउने अपेक्षा निर्माण पक्षले राखेको छ। यो गीत हाल युट्युब, टिकटक, र स्पोटिफाई जस्ता डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।

Leave A Reply

Your email address will not be published.