सुचना, समाचार र मनोरन्जन

सेयर बजारका सबै सूचक घटे

मंगलबार सेयर बजार २१.१५ अंक घटेको छ । अघिल्लो दिन १.२० अंक घटेको बजारले साताको दोस्रो कारोबार दिन पनि गिरावटलाई निरन्तरता दियो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६६३ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिनभर नै नेप्से परिसूचक रातो रह्यो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७ करोडको भयो ।

आज ५८ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक घटेका छन् । व्यापार, अन्य र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतभन्दा धेरै घटे ।

Chaka Panja

बैंकिङ ०.८०, विकास बैंक ०.५०, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.५५, लगानी ०.७२, जीवन बीमा ०.८२, उत्पादन तथा प्रशोधन १.३१, माइक्रोफाइनान्स ०.७२, निर्जीवन बीमा ०.५४, अन्य १.०४ र व्यापार १.१९ प्रतिशत घटे ।

एभरेस्ट कलरको मूल्य आज पनि १५ प्रतिशत बढ्यो । सूचीकृत भएदेखि नै मूल्य बढिरहेको यस कम्पनी प्रतिकित्ता १ हजार ७३१ रुपैयाँ पुगेको छ । त्यस्तै खानीखोला हाइड्रोपावरको १०.०७, जोशी हाइड्रोपावरको ५.२६, छ्याङ्दी हाइड्रोपावरको ४.४४, महिला लघुवित्तको ४.०२ प्रतिशत मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंकको ११.६७, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९९, सामुदायिक लघुवित्तको मूल्य ३.४९ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा खानीखोला हाइड्रोपावार, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र रिडी पावर छन् ।

Leave A Reply

Your email address will not be published.