सुचना, समाचार र मनोरन्जन

प्रियंका कार्कीको पहिलो निर्माण ‘मास्टर्नी’को ट्रेलर रिलिज, आमा र छोरीको सङ्घर्षको कथा

काठमाडौं :

आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउनले फिल्म ‘मास्टर्नी’को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार पत्रकारमाझ २ मिनेट लामो ट्रेलर रिलिज गरेका हुन्। ट्रेलरले फिल्मको कथावस्तु संक्षिप्तमा प्रकाश पारेको छ। पेशाले शिक्षिका रहेकी आमाले आफ्नी छोरीलाई बचाउन गरेको संघर्षलाई प्रस्तुत गरिएको छ।

अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक निर्माण गरेको यो फिल्ममा मुख्य भुमिका पनि उनैको छ। एक लेस्बियन युवतीले सिम्रन खड्कासँग जबर्जस्ती सम्बन्ध राख्ने प्रयास गर्दा आइपर्ने समस्यालाई ट्रेलरमा देख्न सकिन्छ।

शुभेन्द्र घोषको निर्देशनमा बनेको यस फिल्ममा प्रियंका र सिम्रनसहित आर्यन सिग्देल,सरोज खनाल,गौरी मल्ल,प्रमोद अग्रहरी,ऋचा शर्मा,अनुपविक्रम शाही,दीपाश्री निरौला, दीपकराज गिरी,जितु नेपाललगायतका कलाकारले अभिनय गरेका छन्।

आयंका फिल्म्सको ब्यानरमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले फिल्मको निर्माण गरेको यो फिल्ममा कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा (प्रियंका कार्कीकी आमा) र सिमोस सुनुवार छन्।

Leave A Reply

Your email address will not be published.