
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा जेसीजको उपाध्यक्षमा सुमन पहारीको उम्मेदवारी
- दीपकको चिरञ्जीवी भवः’बाट ‘जाले रुमाल’सार्वजनिक,गीतले गर्यो प्रेमको बखान
- हरिवंशदेखि आर्यनसम्मको अभिनय रहेको ‘पाँच पाण्डव’ भोलिदेखि प्रदर्शनमा
- एक खर्ब डलरको अर्थतन्त्र बनाउन निजी लगानी आवश्यक : वाग्ले
- Nawa Niwas: A New Way to Find a Home
- पोखरामा बीएआईसी र आर्कफक्सका नयाँ सोरुम सञ्चालनमा
- अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
- नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने
- सेनासहित तिनै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनले लिए ब्रिफिङ
- भोटेकोशी बाढीपीडितले विद्युत् महसुल र जरिवाना तिर्नु नपर्ने
विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
गोरखा,
आर्थिक अवस्था कमजोर भएकै कारण कोही पनि विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले जिल्लाको सहिदलखन गाउँपालिकाले आवाससहित शिक्षा दिने व्यवस्था गरेको छ ।
आफ्नो पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित गरेर गाउँपालिकाले वडा नं ६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवासहित पढ्न पाउने व्यवस्था गरेको हो ।
पालिकावासीलाई शिक्षाको अधिकार सुनिश्चित गर्न हिमालय माविमा आवासीय शिक्षाको व्यवस्था गरेको पालिकाका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो ।
“पालिकाभित्रका अनाथ, असहाय र आर्थिक रुपमा विपन्न बालबालिकाहरुलाई सुरक्षित आवाससहित गुणस्तरीय शिक्षा दिने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याएका हौँ’, अध्यक्ष थापाले भन्नुभयो ।
हाल गाउँपालिकाको हिमालय माविस्थित छात्रावासमा १३ जना बालबालिकाहरु आश्रित छन् । उनीहरुको कक्षा १० सम्मको शिक्षा र पालनपोषण सबैको जिम्मेवारी गाउँपालिकाले बेहोर्ने अध्यक्ष थापाको भनाइ छ ।

पालिकाभित्रका विपन्न बालबालिकाहरुका लागि आइतबारबाट सुरक्षित आवासीय शिक्षा सञ्चालनमा ल्याएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताउनुभयो ।
उहाँका अनुसार विपन्न बालबालिकाका लक्षित आवासीय शिक्षा कार्यक्रममा लागि पालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा रु १० लाख विनियोजन गरेको थियो । सोही रकमले हिमालय माविको रित्तो भवनमा छात्र र छात्राहरुका लागि छात्रावास, शौचालय र मेसको व्यवस्थापन गरेको उहाँले जानकारी दिनुभयो ।
“छात्रावास व्यवस्थापनको काम गत असारमै सकिएको थियो तर बर्खे बिदा र विद्यार्थीहरुको प्रथम त्रैमासिक परीक्षाका कारण सञ्चालनमा ल्याउन ढिला भयो”, उहाँले भन्नुभयो।
गाउँपालिकाले २० जना बालबालिका क्षमताको छात्रावास सञ्चालनमा ल्याएको छ । त्यसलाई आवश्यकताअनुसार बढाउँदै लैजाने शिक्षा अधिकृत राजेन्द्र खनालले बताउनुभएको छ ।
पारिवारिक अवस्थाका कारण अध्ययन गर्न नसकेका र संरक्षकको आवश्यकता भएका बालबालिकाहरुलाई पालिकाले आवेदन माग गरी छनोट गरेको थियो । छनोट भएका बालबालिकाहरु अधिकांशको आमा, बुबा नभएका वा भएकाहरुले दोस्रो विवाह गरेका र पारिवारिक अपहेलनामा परेका रहेको पालिकाले जनाएको छ ।
सहिदलखन गाउँपालिकाले सीमान्तकृत चेपाङ र बराम समुदायका बालबालिकाहरुको लागि सिंजाली माविमा छुट्टै आवासीय सुविधासहित पठनपाठन गर्ने तयारी गरेको छ । विद्यालयको भवन निर्माण कार्य सम्पन्न भए लगत्तै आगामी शैक्षिक सत्रबाट उक्त सेवा सञ्चालन गर्ने गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र खनालको भनाइ छ ।