सुचना, समाचार र मनोरन्जन

६० वर्षमाथिका दर्शकलाई ‘गौँथली’ पैसा नलाग्ने,फिल्मले कटायो २५ करोड कलेक्सन

काठमाडौं :

६० वर्षमाथीका दर्शकलाई फिल्म ‘गौँथली’लाई पैसा नचाहिने भएको छ। निर्माण टिमले ज्येष्ठ नागरिकलाई निःशुल्क फिल्म हेराउने भएको हो।

भदौ १० देखि २१ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने छन्। तर, यसका लागि खल्ती एपबाट यो टिकट काट्नु पर्नेछ। खल्तीमा आफूले काटेको पैसा फिर्ता आउनेछ।

Pach Pandav

फिल्मका निर्देशक कपिल रिजालले भने,“पैसा रिफन्टका लागि नागरिकता र तस्बिर भने पठाउनु पर्नेछ। खल्तीमार्फत गरिएको टिकट खरिदको कारोबार (ट्रान्जेक्सन)को स्क्रिनसट पेस गरिएको हुनुपर्ने। ‘गौँथली’को तस्बिर रपोस्टर पृष्ठभूमिमा रहने गरी खिचिएको प्रयोगकर्ताको फोटो पेस गरिएको हुनुपर्नेछ।,”

निर्देशक रिजालका अनुसार खरिदको कुल टिकट मूल्य बराबरको रकम सम्बन्धित प्रयोगकर्ताको खल्ती वालेटमा जम्मा हुनेछ। यस अभियानलाई सहयोग पुर्‍याउन, खल्तीमा एक लाख रुपैयाँ मात्र अग्रिम रकम जम्मा गरिनेछ । जसबाट योग्य प्रयोगकर्ताहरूलाई रकम फिर्ता गरिनेछ। अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको ‘गौँथली’ इतिहासकै दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ। यसले हालसम्म २५ करोड २२ लाख रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ।

डाक्टर भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’मा अरूण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ। शिक्षाको महत्व र श्रीमान–श्रीमतीबीचको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मका निर्माता कपिल रिजाल र सुमन गिरी हुन्।

Leave A Reply

Your email address will not be published.