Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान
- भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
- बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार
- विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन्ः प्रधानमन्त्री
- आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु
- गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर
- रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
- भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त
- राष्ट्रिय पोशाक घरका सञ्चालक राम कँडेल संघको खुला कार्यसमिति सदस्यमा भिड्दै
- भोटेकोशी बाढीपीडितका लागि दिपक कार्कीको १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु
नुवाकोट,
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकलाई आज बिहानैदेखि हवाई उद्धार उद्धार थालिएको छ ।
यसका लागि आज बिहान तीन हवाई उद्दार टोली परिचालित भएका छन् । त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना, त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरतसहित अन्य नागरिकको उद्धार गर्न हेलिकप्टर पठाइएको छ । साथै आवश्यक चिकित्सक टोलीसहित सुरक्षाकर्मीहरुको मोबाइल सेटहरु जेनेरेटरसहित लिएर धुन्चेका लागि टोली परिचालित भएको छ ।
आज बिहान उच्चस्तरीय बैठक नेपाली सेना, श्री १ सैन्य तालिम केन्द्र त्रिशूलीमा सम्पन्न भएको थियो । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्रीसहित सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, बागमती प्रदेशका आर्थिक मामिलामन्त्री यहाँका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतको बैठकले उद्दार कार्यलाई पहिलो प्राथमिकता राख्ने निर्णय गरेको थियो ।
बाढी प्रभावित क्षेत्रमा मानिसहरु अड्किरहेको र उद्दार गर्नुपर्ने भन्ने खबर प्राप्त भइरहेका छन् । त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनको टेनेलमा अड्केर बसेका तीन जनाको उद्धार गरेर श्री नं १ तालिम केन्द्र नुवाकोट ल्याइएको छ ।
बैठकले उद्दारसँगै राहतलाई थप प्रभावकारी बनाउन र अवरुद्ध दूरसञ्चार खुलाउन सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिनुभयो । उद्धारसँगै राहत वितरणलाई पनि प्राथमिकता दिने प्रजिअ रेग्मीले बताउनुभयो ।
Prev Post