सुचना, समाचार र मनोरन्जन

भोटेकोशी बाढीपीडितका लागि दिपक कार्कीको १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

पोखरा,

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिटिजन फर्निचर एण्ड फर्निसिङ, न्यूरोडका सञ्चालक तथा युवा उद्यमी दिपक कार्कीले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

कार्कीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। उनले हिमालयन बैंक लिमिटेडको प्रधान कार्यालयमा रहेको कोषको खातामा रकम हस्तान्तरण गरेका हुन्।

बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन्। बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्य जारी छन्।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको छ। प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक रहेको जनाइएको छ।

विपद्को यस कठिन अवस्थामा प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको कार्कीले बताएका छन्।

Leave A Reply

Your email address will not be published.