सुचना, समाचार र मनोरन्जन

अनुभव, इमानदारिता र व्यवसायीको आवाज बोकेर चुनावी मैदानमा सूर्यराज घिमिरे ‘सुरेश’

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा खुलातर्फ कार्यसमिति सदस्य पदका उम्मेदवार सूर्यराज घिमिरे (सुरेश) यतिबेला व्यवसायीमाझ आफ्नो अनुभव, निरन्तर सक्रियता र इमानदार छविका कारण चर्चामा छन्। क्रमसंख्या १२ बाट चुनावी मैदानमा रहेका घिमिरेले “व्यवसायीको हकहितको सुनिश्चितता, सक्षम नेतृत्व आजको आवश्यकता” भन्ने मूल भावसहित मत मागिरहेका छन्।

लामो समयदेखि उद्योग–व्यवसाय क्षेत्रमा सक्रिय घिमिरे व्यवसायीका समस्या बाहिरबाट सुनेर होइन, आफैंले भोगेर बुझेका व्यवसायी हुन्। व्यवसाय सञ्चालनका क्रममा आउने नीतिगत समस्या, बजारको अस्थिरता, प्रशासनिक झन्झटदेखि व्यवसायीले दैनिक रूपमा सामना गर्नुपर्ने चुनौतीसँग उनी प्रत्यक्ष परिचित छन्। यही अनुभवलाई संघमार्फत व्यवसायीको हितमा उपयोग गर्ने उनको लक्ष्य छ।

घिमिरे मदिरा व्यवसायी समिति कास्कीका निवर्तमान अध्यक्ष हुन्। व्यवसायीलाई संगठित गर्ने, उनीहरूका साझा समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने र समाधानका लागि पहल गर्ने क्रममा उनले नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। उनी अधिकृत विक्रेता संघका लेखनाथ का सल्लाहकार समेत हुन्।

त्यस्तै, हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यका रूपमा सक्रिय रहेका घिमिरेले संघअन्तर्गत वस्तुगत संघतर्फको जिम्मेवारी समेत सम्हाल्दै आएका छन्। यसले उनलाई संघको संरचना, व्यवसायीका मुद्दा र संस्थागत रूपमा समस्या समाधानका प्रक्रियाबारे थप अनुभव दिएको छ।

सेभेन स्टार फुड एण्ड मार्ट, सुबिन ट्रेड सेन्टर, सुबिन ट्रेड एण्ड सप्लायर्स तथा ग्लोरियस ट्रेड एण्ड सप्लायर्ससँग आबद्ध घिमिरेको व्यावसायिक यात्राको मुख्य आधार मेहनत, निरन्तरता र इमानदारिता रहेको उनका शुभेच्छुकहरू बताउँछन्।

उनको चुनावी सन्देश पनि स्पष्ट छ—व्यवसायीले भोट केवल उम्मेदवारलाई होइन, आफ्नो समस्या बुझ्ने र समाधानका लागि जिम्मेवारीपूर्वक उभिन सक्ने प्रतिनिधिलाई दिने हो।

घिमिरे नेतृत्व कुनै एक व्यक्तिको प्रतिष्ठा वा पदका लागि नभई सम्पूर्ण व्यवसायीको सरोकार, समस्या र भविष्यसँग जोडिनुपर्ने मान्यता राख्छन्। व्यवसायीको आवाजलाई बलियो बनाउने, उद्योग–व्यापारको विकासका लागि संस्थागत पहल गर्ने र संघलाई आम व्यवसायीले अपनत्व महसुस गर्ने संस्थाका रूपमा अझ प्रभावकारी बनाउने उनको प्रतिबद्धता छ।

“पदभन्दा जिम्मेवारी ठूलो हो। व्यवसायीले दिएको मतसँग उनीहरूको विश्वास, अपेक्षा र समस्या पनि जोडिएको हुन्छ। त्यो विश्वासको सम्मान कामबाट गर्नुपर्छ,” भन्ने मान्यतासहित उनी चुनावी अभियानमा छन्।

आगामी भाद्र २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा खुलातर्फ सदस्य पदका उम्मेदवार सूर्यराज घिमिरे (सुरेश)ले क्रमसंख्या १२ मा अमूल्य मत प्रदान गरी विजयी गराउन सम्पूर्ण उद्योगी–व्यवसायीमा अपिल गरेका छन्।

Leave A Reply

Your email address will not be published.