पोखरा :
युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएका छन । क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि गणेश तिमिल्सिना अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले विभिन्न सामाजिक कार्यमार्फत आफ्नै छुट्टै पहिचान बनाउन सफल भएको बताएका छन्। “पछिल्लो समय जेन्जी आन्दोलन र रसुवा–भोटेकोशी बाढीबाट प्रभावित विपद् पीडितहरूलाई सहयोग गर्दै क्लबले अनुकरणीय काम गरेको छ,”वडाध्यक्ष बास्तोलाले भने, “क्लबका हरेक सकारात्मक क्रियाकलापमा वडा कार्यालयको सदैव साथ र सहयोग रहँदै आएको छ र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइनेछ।”