सुचना, समाचार र मनोरन्जन

उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा

काठमाडौँ,

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको बताइएको छ।

हिजो मात्र उनले आफूले दिएको निर्देशन पालना नभएको भन्दै उद्योगीहरूको लाइसेन्स खारेज गर्नुपर्ने धारणा राखेपछि विवादसमेत भएको थियो।

यसैबीच नेपाल जेन–जी फ्रन्टले पनि बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवको राजीनामा मागेको थियो। फ्रन्टले सरकार गठन भएको महिनौँ बितिसक्दा पनि जनताका आधारभूत समस्या समाधान हुन नसकेको र ग्यासका लागि लामो लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गरेको थियो।

यादवको राजीनामासँगै सरकारले नयाँ उद्योगमन्त्री नियुक्त गर्ने तयारी थालेको बताइएको छ। यसअघि यादवले गोरखाली रबर उद्योग र हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउनेलगायतका काम अघि बढाएको दाबी गर्दै आएकी थिइन्।

Leave A Reply

Your email address will not be published.