सुचना, समाचार र मनोरन्जन

शोभा गौतमले सम्हालिन् पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारी

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित शोभा गौतमले पदभार ग्रहण गरेकी छन् । गौतमले पदभार सम्हालेसँगै नयाँ कार्यसमितिले औपचारिक रूपमा कार्यभार सुरु गरेको छ ।

अध्यक्ष गौतमले विश्वास, साथ र जिम्मेवारीलाई आत्मसात् गर्दै संघलाई अझ सशक्त, व्यवसायीमैत्री र भरोसायोग्य संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

सबै उद्योगी–व्यवसायीको साझा हित र समृद्धिका लागि इमानदारीपूर्वक काम गर्ने बताउँदै गौतमले व्यवसायीका समस्या समाधानका लागि संघको भूमिकालाई थप प्रभावकारी बनाउने धारणा राखेकी छन् ।

३६औँ महाधिवेशनका क्रममा गौतमले निजी क्षेत्रका समस्या सरकारसमक्ष प्रभावकारी रूपमा उठाउने, व्यवसायिक वातावरण सुधारका लागि पहल गर्ने तथा व्यवसायीको साझा आवाजलाई बलियो बनाउने प्रतिबद्धता जनाएकी थिइन् ।

नयाँ नेतृत्वसामु व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यवहारिक समस्या समाधान, बजार व्यवस्थापन, लगानीको वातावरण निर्माण र निजी क्षेत्रलाई सहजीकरण गर्ने महत्वपूर्ण जिम्मेवारी छ ।

पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा महिला अध्यक्षको आगमनसँगै नयाँ कार्यसमितिले व्यवसायीको विश्वास कायम राख्दै संघलाई थप गतिशील र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

अध्यक्ष गौतमले पनि आगामी कार्यकाललाई केवल नेतृत्वको अवसर नभई व्यवसायीप्रतिको जिम्मेवारी र विश्वास पूरा गर्ने कार्यकालका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.