Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सच्चाई केन्द्रको ५१ लाखभन्दा बढी सहयोग
- रेवान पोखराको अध्यक्षमा वसन्त गौतम, नयाँ कार्यसमिति निर्वाचित
- अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु, पहिलो एपिसोड प्रसारणमा
- डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने
- ‘पेन्सन पट्टा’मा बलियो माउथ पब्लिसिटी, दर्शकको साथले बढ्दै शो
- पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन
- बाढीले होइन, हाम्रो विकासले डुबाएको बस्ती
- गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श
- एन प्याब्सनको छैटौं अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिलसाइड प्रथम
- बुबाको स्मृतिमा मिना थापा भण्डारीद्वारा दुर्घटना पीडित सन्दिपलाई ८१ हजार बढी सहयोग
रेवान पोखराको अध्यक्षमा वसन्त गौतम, नयाँ कार्यसमिति निर्वाचित
पोखरा :
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्। संस्थाको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा विकास भट्टराई र द्वितीय उपाध्यक्षमा योगेश भट्टराई निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा विरेन्द्र शेरचन, सचिवमा रोशन जंग कार्की, कोषाध्यक्षमा सुरेश न्यौपाने तथा सह–कोषाध्यक्षमा सफल थापा चयन भएका छन्। निवर्तमान अध्यक्षका रूपमा विश्व राज पौडेल कार्यसमितिमा रहेका छन्।
कार्यसमिति सदस्यहरूमा वैभव पौडेल, भीष्म राज पौडेल, लोकेश ढकाल, कृष्ण अधिकारी, सुमन भट्टराई, सुनील बहादुर भट्टराई, राज बहादुर भुजेल र वसन्त न्यौपाने निर्वाचित भएका छन्। पोखराको पर्यटन तथा आतिथ्य क्षेत्रको महत्वपूर्ण संस्थाका रूपमा स्थापित रेवान पोखराको नयाँ नेतृत्वसँग रेष्टुरेण्ट तथा बार व्यवसायीको हकहित संरक्षण, व्यवसायीबीच सहकार्य, गुणस्तरीय आतिथ्य सेवा प्रवर्द्धन र पोखराको पर्यटनलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
रेवान पोखराले लामो समयदेखि पर्यटन प्रवर्द्धनसँगै पोखराको रेष्टुरेण्ट तथा आतिथ्य व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन विभिन्न गतिविधि गर्दै आएको छ। नयाँ कार्यसमितिले बदलिँदो पर्यटन बजारअनुसार व्यवसायीलाई एकताबद्ध गर्दै पोखरालाई अझ आकर्षक र जीवन्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न भूमिका खेल्ने विश्वास गरिएको छ। नवनिर्वाचित अध्यक्ष वसन्त गौतमसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना।