सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री राहत कोषमा मौज्दात  १४ अर्ब पुग्यो

 

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९  हजार ७७७ रुपैयाँ जम्मा भएको छ ।

 

Protin

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज  बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा रु १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ जम्मा भएको छ ।

 

त्यस्तै, कोषका अन्य दुई वटा बैङ्कमा रहेको डलर खातामा  दुई करोड ३७ लाख छ हजार ५७५ अमेरिकी डलर जम्मा भएको छ ।

 

राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.