काठमाडौँ :
सामना फिल्मस् र तृष्णा फिल्मस् प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘भगवान’को विशेष प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको सभाहलमा शनिबार आयोजित उक्त कार्यक्रम चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा चलचित्र क्षेत्र तथा पत्रकारितामा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा निर्देशक उदय सुब्बा, गायिका सत्यकला राई, पत्रकारद्वय सानु श्रेष्ठ र डिबी पराजुली, गायक तथा मोडल विजेन्द्र नौबागे, छायाकार केशव अधिकारी र कलाकार सुरवीर पण्डितलगायत रहेका छन्।
सदियौँदेखि नेपाली समाजमा विद्यमान सौता प्रथालाई मूल विषयवस्तु बनाएर निर्माण गरिएको यस चलचित्रलाई लिलबहादुर घर्तीमगर ‘विनोद’ले निर्देशन गरेका हुन्। केशव अधिकारीको छायाङ्कन रहेको चलचित्रका निर्माताहरूमा कविता देवी राई, रश्मी राई र मनोज राई रहेका छन्।
चलचित्रमा योगेश लामा, उदय सुब्बा, सुरवीर पण्डित, कविता देवी राई, रश्मी राई, अनिता राई, विनोद मगर, विजय इङनाम, सरोज काम्बाङ, समिता लिम्बु, समिता राउत, खेममाया लिम्बु, मनोज राई, निर्वाण राई, धनकुमारी राईलगायतका कलाकारहरूको अभिनय रहेको छ।
