सुचना, समाचार र मनोरन्जन

फिल्म ‘कंगाल करोडपति’को छायांकन गोकर्णबाट सुरु

काठमाडौँ :

राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’को छायांकन मंगलबारदेखि काठमाडौँको गोकर्णबाट सुरु भएको छ।

निर्माण पक्षका अनुसार काठमाडौँ उपत्यकामा चार दिनको छायांकन सेड्युल पूरा गरेपछि फिल्मको टोली चितवन प्रस्थान गर्नेछ। फिल्मको सम्पूर्ण छायांकन ३५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित यस फिल्मलाई सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण गर्न लागिएको हो। प्रविण आचार्यको प्रस्तुति तथा अनिल कुमार बुढाथोकीको निर्माण रहेको फिल्ममा अश्विन बराल, दिपेश तिरुवा, प्रविन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सहनिर्माताका रूपमा रहेका छन्।

फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडा लगायतका कलाकारहरूको अभिनय रहनेछ।

रामकृष्ण बजगाईंको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद चानस पुन मगरले तयार पारेका हुन्। रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसर रहेको फिल्ममा हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहनेछ।

त्यस्तै, फिल्ममा एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको संगीत सुन्न सकिनेछ। जीवन गौतम मुख्य सहनिर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक तथा सुदीप अधिकारी कला निर्देशकका रूपमा कार्यरत छन्।

Leave A Reply

Your email address will not be published.