काठमाडौं,

नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी गराएका हुन् ।
घोषित पुरस्कारअनुसार एनपीएलको विजेताले १ करोड ५० लाख रुपैयाँ, उपविजेताले ८० लाख रुपैयाँ र तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।