काठमाडौँ :
नवीन पन्तको निर्देशनमा बन्ने नयाँ फिल्म ‘बाकस’को छायांकन सुरु भएको छ। निर्माण टोलीले मंगलबार कास्कीको धम्पुसबाट फिल्मको सुटिङ थालेको हो। करिब एक महिनाको छायांकन तालिका तय गर्दै सुटिङ सुरु गरिएको जानकारी निर्देशक पन्तले दिएका छन्।

यस फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँवाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको मुख्य अभिनय रहनेछ। साथै, बाल कलाकारका रूपमा सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालाई पनि देख्न सकिने निर्माण टोलीले जनाएको छ।
सुजिता चौलागाईं निर्माता रहेको यस फिल्ममा राजन सिंह केसी र छत्रबहादुर खड्का सह-निर्माताका रूपमा रहेका छन्। फिल्मको छायांकन महेश पौडेलले गर्दैछन्। त्यस्तै, मणि तामाङ मुख्य सहायक निर्देशक रहेका छन् भने सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईंले सह-निर्देशकको जिम्मेवारी सम्हालेका छन्। फिल्ममा द्वन्द्व निर्देशन किरण दाहाल, शृङ्गार उर्मिला लामा, हेयर डिजाइन अस्मिता सापकोटा र स्टिल फोटोग्राफी लक्ष्मण पाण्डेको रहनेछ।
दीपक शर्मा र सनम पुरुष राईको संगीत रहने यस फिल्मको कार्यकारी निर्माता धीरेन्द्र पन्त (धीरुभाइु)रहेका छन् भने कोरियोग्राफी सियोन श्रेष्ठको छ। निर्देशक पन्तकै लेखन रहेको यो फिल्म पिके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण थालिएको हो। फिल्मको प्रदर्शन मिति भने निर्माण टिमले घोषणा गरेको छैन।