सुचना, समाचार र मनोरन्जन

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै: हलनचोकमा प्रत्यक्ष प्रसारण

निशुल्क प्रवेश

पोखरा:

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।

पोखरा एभेन्जर्सको खेललाई पोखरामै बसेर प्रत्यक्ष हेर्न सकिने व्यवस्था मिलाइएको छ। पोखराको हलनचोकस्थित क्याम्पिङ चौरमा खेलको प्रत्यक्ष प्रसारण गरिनेछ। एलईडी स्क्रिनमार्फत खेल हेर्न सकिने फ्यान पार्कमा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। संगीत र खानाका परिकारसहित समर्थकले सामूहिक रूपमा खेलको रोमाञ्च अनुभव गर्न पाउनेछन्।

Pach Pandav

सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजय बेहोरेको थियो। पहिलो खेल गुमाएको सुदूरपश्चिम आज जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। यता, पोखरा एभेन्जर्सले भने यस सिजनको पहिलो खेल खेल्दैछ। जितसहित प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यका साथ पोखरा मैदानमा उत्रिनेछ।

यसअघि भएका खेलमा लुम्बिनी लायन्स, चितवन राइनोज तथा कर्णाली याक्सले आ–आफ्नो पहिलो खेलमा जित हासिल गरिसकेका छन्।

पोखरा एभेन्जर्सलाई घरेलु समर्थकको साथ जुटाउने उद्देश्यले आयोजना गरिएको फ्यान पार्कले क्रिकेटप्रेमीलाई एउटै स्थानमा भेला भएर खेलको उत्सव मनाउने अवसर दिने अपेक्षा गरिएको छ। निःशुल्क प्रवेशको व्यवस्थाले समर्थकको सहभागिता थप बढ्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.