काठमाडौँ,
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक चतुर्दशी स्नान गरिँदै छ भने साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै छ ।
आजको दिन बिहान सबेरै नरक चतुर्दशीको स्नान गरी कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा खानेकुरा दिई पूजा गरिन्छ भने सन्ध्याकालमा घरआँगन झिलीमिली बनाएर धनधान्यकी देवी लक्ष्मीको स्वागत तथा आराधना गरिन्छ ।
आजका दिन सबै नेपालीका घरआँगनमा कुकुरलाई टीका तथा माला पहिर्याएर मीठा खानेकुरा दिई सम्मानपूर्वक पूजा गरिन्छ। आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने शास्त्रीय मान्यता छ ।
धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत र यमलोकको द्वारपालका रूपमा लिइन्छ। आजको दिन कुकुरलाई सम्मान गर्नाले मृत्युपर्यन्त यमद्वारबाट मार्गप्रशस्त हुने पौराणिक विश्वास छ । द्वापर युगको अन्त्यमा पाण्डवहरू स्वर्ग जाने क्रममा चार भाइ र द्रौपदीको देहावसान भएपछि धर्मराज युधिष्ठिरलाई कुकुरले नै स्वर्गको ढोकासम्म पुर्याएको शास्त्रमा उल्लेख छ। ऋग्वेदमा पनि कुकुरहरूको आमा ‘समरा’ ले स्वर्गका राजा इन्द्रलाई हराएको वस्तु भेटाउन सहयोग गरेको प्रसङ्ग छ ।
भैरवको वाहनसमेत मानिने कुकुरलाई सुरक्षाकर्मी, आज्ञाकारी र गुनिलो जनावरका रूपमा लिइन्छ । कुकुरले सुँघेर अपराधी पत्ता लगाउने तथा विनाशकारी प्राकृतिक प्रकोप वा दैवी विपत्ति आउनु अगावै पूर्वसूचना दिने गर्दछ ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । नरकबाट मुक्ति पाउनका लागि आज बिहान उज्यालो हुनुअघि शरीरमा तिलको तेल, सुगन्धित द्रव्य र चन्दन लगाएर ुतैलाभ्यङ्ग स्नानु गर्ने विधि छ । यस दिन तिलमा लक्ष्मी र जलमा गङ्गाको बास हुने भएकाले तिलको तेल दलेर स्नान गर्दा सम्पूर्ण पाप नाश भई नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता छ ।
स्नान गर्नुपूर्व ‘सीतालोष्टसमायुक्तः सकण्टकदलान्वित, हरपापमपामार्ग भ्राम्यमाणः पुनःपुन’ मन्त्र उच्चारण गर्दै अपामार्ग वनस्पतिको पातलाई पानीमा डुबाएर शिरमा घुमाउने गरिन्छ । स्नानपछि दक्षिणतर्फ फर्केर सव्य भई यमराजका १४ नाम (यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुम्बर, दध्न, नील, परमेष्ठी, वृकोदर, चित्र र चित्रगुप्त) उच्चारण गर्दै प्रत्येक नाममा तीन(तीन अञ्जुली तिलयुक्त जलले तर्पण दिने विधान छ। यसरी तर्पण दिँदा वर्षौँदेखिका पापबाट मुक्ति मिल्ने बताइएको छ। आजको दिन मासको पातको साग खाने, नर्के नुहाउने, दीपदान गर्ने र आलसको बोट बालेर आगो ताप्ने धार्मिक चलन पनि रहेको छ ।
साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा
आजै साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। कात्तिक कृष्ण औँसीको यस रातलाई ुसुखरात्रिु पनि भनिन्छ । सफासुग्घर घरमा मात्र लक्ष्मीको बास हुने जनविश्वास रहेकाले बिहानैदेखि घरका झ्याल, ढोका, सङ्घार, कोठा र कौसी सफा गरी फूलमालाले सजाइन्छ । साँझपख आँगनदेखि पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ। पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा बत्ती बालेर घरलाई झिलीमिली बनाइन्छ ।
दिनभर उपवास बसेर सन्ध्याकालमा स्नान गरी धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मी गरी अष्टलक्ष्मीको आराधना गरिन्छ । यी आठ रूपले जीवनका आठ पक्ष ९आर्थिक, ज्ञान, शक्ति, परिवार, सफलता, धैर्य, खेती र विजय० लाई प्रतिनिधित्व गर्दछन् । सूर्यास्तपछि बेलुकी ६ बजेर ५२ मिनेटसम्मको समय लक्ष्मीपूजाका लागि शुभबेला मानिएको छ ।
लक्ष्मीपूजाका लागि कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, सिक्का, नयाँ नोट, तस्बिर, पान, सुपारी तथा रङ्गोलीका रङहरू प्रयोग गरिन्छ ।
पूजा सामाग्री तयार पारिसकेपछि दियो बाल्नु पर्दछ दियो बाल्दा
ॐ दीपज्योतिः परंब्रह्म
दीपज्योतिर्जनार्दनः ।
दीपो हरतु मे पापं
दीपज्योतिर्नमोऽस्तु ते ।। यो मन्त्रको उच्चारण गर्नुपर्दछ ।
दियोमा फूल अक्षता चढाउदै
ओम दीपदेवताय नम
त्यसपछि गन्ध, अक्षता, फूल, धुप र नैवेद्य अर्पण गर्नुपर्दछ ।
शुभं करोतु कल्याणम्
आरोग्य धनसम्पदा ।
शत्रुबुद्धिविनाशाय
दीपज्योतिर्नमोस्तुते । भनि ध्यान गर्नुपर्दछ ।
गणेश पूजा मन्त्र
गणेशजीको पूजा आरम्भमा सबैभन्दा प्रचलित मन्त्र—
ॐ गं गणपतये नमः ।।
गणेशजीलाई आवाहन तथा पूजा गर्दाः
ॐ श्री गणेशाय नमः ।
आवाहयामि, स्थापयामि, पूजयामि नमः ।।
भनेर चन्दन, अक्षता, फूल, दुवो, सिन्दुर,रातो कपडा, धूप, दीप, नैवेद्य, फलफुल,लड्डु दक्षिण आदि अर्पण गरि ।
वक्रतुण्ड महाकाय
सूर्यकोटि समप्रभ ।
निर्विघ्नं कुरु मे देव
शुभकार्येषु सर्वदा ।। भनि
गणेशजीको ध्यान मन्त्र जप्नुपर्दछ ।
त्यसपछि कलशको पुजा गर्नुपर्दछ ।
कलशलाई सिगारपटार गरि कलशभित्र सर्सिउ,कुशमा टुक्रा,बेसार, जौ,तिल गंगाजल, सिक्का पैसा राख्नुपर्दछ । कलशलाई राम्रोसँग सजाएर बर, पिपल, समी, आँप, डुम्रीको पात कलशको मुखमा राख्नुपर्दछ । कलशको मुखमा वा पञ्चपल्लवको माथि रातो कपडाले बेरेर एउटा नरिवल राख्नुपर्दछ । पञ्चरत्न, पञ्चपल्लव, सर्वोषधि आदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिँगोफल राखेर सबै उपचारले पूजा गर्दै धुप, दिप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । ॐ कलशाय नमः भनि
कलशमा जल, अक्षता, फूल आदि राखेर
ॐ कलशस्य मुखे विष्णुः
कण्ठे रुद्रः समाश्रितः ।
मूले तत्र स्थितो ब्रह्मा
मध्ये मातृगणाः स्मृताः ।।
कुक्षौ तु सागराः सर्वे
सप्तद्वीपा वसुन्धरा ।
ऋग्वेदोऽथ यजुर्वेदः
सामवेदो ह् अथर्वणः ।।
दियो, कलश र गणेशको पूजा गरिसकेपछि लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीको पूजा गरी आरती, दीपदान र मन्त्र उच्चारण गरिन्छ । आरतीपछि परिवारका सबै सदस्यले फलफूल र मिठाई प्रसादको रुपमा ग्रहण गर्नुपर्दछ । कन्या र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहेकोछ । घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्ने शास्त्रीय विधि रहेको छ । लक्ष्मी देवी भगवान् विष्णुको पत्नी हुन् । लक्ष्मीको आगमन जसको घरमा हुन्छ, त्यहाँ सदा धन, सुख, शान्ति र ऐश्वर्यले बसोबास गर्छन् भन्ने शास्त्रीय मान्यता रहेकोछ ।
समुद्रमन्थनको समयमा लक्ष्मीदेवी अमृत कलश हातमा लिएर प्रकट भएकी थिइन् । त्यस दिन कार्तिक महिनाको आजकै रात थियो । त्यसैले यस दिनबाट लक्ष्मीपूजा गर्ने परम्परा सुरु भएको हो । लक्ष्मी धनको मात्र प्रतीक नभई शुद्धता, सकारात्मकता र कर्मशीलताको पनि प्रतीक हुन् । त्यसैले लक्ष्मीपूजा आत्मिक र आध्यात्मिक दुवै दृष्टिले महत्वपूर्ण मानिन्छ ।
मन्त्र स्
“ॐ श्रीं ह्रीं क्लीं महालक्ष्म्यै नमः” वा
“ॐ महालक्ष्म्यै च विद्महे, विष्णुपत्नी च धीमहि, तन्नो लक्ष्मीः प्रचोदयात् ।”
लक्ष्मीपूजा संकल्प
पूर्णसंकल्प सिद्धिरस्तु ।।।।।गोत्रोपन्न सपपरिवारोऽहो हं मम श्रुतिस्मृतिपुराणोक्तफलप्राप्तीद्धारा माहालक्ष्मी प्रशन्नद्धारा अप्राप्तलक्ष्मीप्राप्त्र्थं प्राप्तलक्ष्मीचिरकालपर्यन्तं स्थातुम् अस्यां सुखरात्यां महालक्ष्म्या इन्द्रकुबेरयोश्च पूजनमहं करिष्ये ।

यसपछिॐमनोजूति ईत्यादि मन्त्रले ईन्द्र,कुबर र लक्ष्मीको प्राणप्रतिष्ठा गरेपछि निम्नअनुशार षोडशोपचार पूजा गर्नु पर्दछ ।
ॐ अमलकमलसस्था–तद्रजःपुञ्जवर्णा ।
करकमलधृतेष्टा भीतियुग्माम्बुजा च ।।
मणिमुकुट बित्रलङकृता कल्पजालै ।
र्भवतु भुवनमाता सन्ततं श्रीःश्रियै नम:
१ ध्यान समर्पयामि,लक्ष्मै नमः
२ आसन समर्पयामि,लक्ष्मै नमः
३ पाद्यं समर्पयामि,लक्ष्मै नमः
४ अर्घम् समर्पयामि,लक्ष्मै नमः
५ आचमनीयं समर्पयामि,लक्ष्मै नमः
६ स्नानीयं समर्पयामि,लक्ष्मै नमः
७ पञ्चामृतस्नानं समर्पयामि,लक्ष्मै नमः
८ शुद्धोदकस्नानंसमर्पयामि,लक्ष्मै नमः
९ वस्त्र,यज्ञोपवितं उपवस्त्रं च समर्पयामि,लक्ष्मै नमः
१० श्रीखण्डादी चन्दन समर्पयामि,लक्ष्मै नमः
११ अक्षतान् समर्पयामि,लक्ष्मै नमः
१२ पुष्पं,पुष्पमाता,दूवाङकुरान् , समर्पयामि,लक्ष्मै नमः
१३ नानाविद्यानि नैवेद्यानि,फलानी च समर्पयामि,लक्ष्मै नमः आचमनियं च समर्पयामि,लक्ष्मै नमः
१४ ऋतुफलं ताम्बुलं च समर्पयामि,लक्ष्मै नमः सुगन्धिद्रव्य समर्पयामि,लक्ष्मै नमः
१५ न्यूनतातिरिक्तय द्रव्यदक्षिाण समर्पयामि,लक्ष्मै नमः
१६ यसपछि धुप दीप गरेर
धूप आघ्रापयामि,दीपं च दर्शयामी,लक्ष्मै नमः
१७ लक्ष्मीका विशेष अलंकार,सौभाग्य,सिन्दुर,टीका,मंगलसुत्र,छाता,चमर,चरणपादुखा,पंखा,ऐना आदि चढाउने ।
सौभाग्द्रव्याणि समर्पयामि,लक्ष्मै नमः
१८ आरती, पूष्पाञ्जलीं, प्रदक्षिणां, क्षमापनं च समर्पयामि, लक्ष्मै नमः
संस्कृत श्लोक उच्चारण गर्न सक्ने कर्ताको लागि निम्नानुसार को श्री सूक्त मंत्र बाचन गर्न सकिन्छ
श्री सूक्त मंत्र
ॐ हिरण्यवर्णां हरिणीं, सुवर्णरजतस्त्रजाम् ।
चन्द्रां हिरण्मयीं लक्ष्मीं, जातवेदो म आ वह ।।१।।
तां म आ वह जातवेदो, लक्ष्मीमनपगामिनीम् ।
यस्यां हिरण्यं विन्देयं, गामश्वं पुरूषानहम् ।।२।।
अश्वपूर्वां रथमध्यां, हस्तिनादप्रमोदिनीम् ।
श्रियं देवीमुप ह्वये, श्रीर्मा देवी जुषताम् ।।३।।
कां सोस्मितां हिरण्यप्राकारामार्द्रां ज्वलन्तीं तृप्तां तर्पयन्तीम् ।
पद्मेस्थितां पद्मवर्णां तामिहोप ह्वये श्रियम् ।।४।।
चन्द्रां प्रभासां यशसा ज्वलन्तीं श्रियं लोके देवजुष्टामुदाराम् ।
तां पद्मिनीमीं शरणं प्र पद्ये अलक्ष्मीर्मे नश्यतां त्वां वृणे ।।५।।
आदित्यवर्णे तपसोऽधि जातो वनस्पतिस्तव वृक्षोऽक्ष बिल्वः ।
तस्य फलानि तपसा नुदन्तु या अन्तरा याश्च बाह्या अलक्ष्मीः ।।६।।
उपैतु मां दैवसखः, कीर्तिश्च मणिना सह ।
प्रादुर्भूतोऽस्मि राष्ट्रेऽस्मिन्, कीर्तिमृद्धिं ददातु मे ।।७।।
क्षुत्पिपासामलां ज्येष्ठामलक्ष्मीं नाशयाम्यहम् ।
अभूतिमसमृद्धिं च, सर्वां निर्णुद मे गृहात् ।।८।।
गन्धद्वारां दुराधर्षां, नित्यपुष्टां करीषिणीम् ।
ईश्वरीं सर्वभूतानां, तामिहोप ह्वये श्रियम् ।।९।।
मनसः काममाकूतिं, वाचः सत्यमशीमहि ।
पशूनां रूपमन्नस्य, मयि श्रीः श्रयतां यशः।।१०।।
कर्दमेन प्रजा भूता मयि सम्भव कर्दम ।
श्रियं वासय मे कुले मातरं पद्ममालिनीम् ।।११।।
आपः सृजन्तु स्निग्धानि चिक्लीत वस मे गृहे ।
नि च देवीं मातरं श्रियं वासय मे कुले ।।१२।।
आर्द्रां पुष्करिणीं पुष्टिं पिंगलां पद्ममालिनीम् ।
चन्द्रां हिरण्मयीं लक्ष्मीं, जातवेदो म आ वह ।।१३।।
आर्द्रां य करिणीं यष्टिं सुवर्णां हेममालिनीम् ।
सूर्यां हिरण्मयीं लक्ष्मीं जातवेदो म आ वह ।। १४।।
तां म आ वह जातवेदो लक्ष्मीमनपगामिनीम् ।
यस्यां हिरण्यं प्रभूतं गावो दास्योऽश्वान् विन्देयं पुरुषानहम् ।।१५।।
यः शुचिः प्रयतो भूत्वा जुहुयादाज्यमन्वहम् ।
सूक्तं पंचदशर्चं च श्रीकामः सततं जपेत् ।। १६
आज राति भैलो खेल्ने परम्परा रहेकोछ । भैलो खेल्ने परम्परा भगवान् विष्णु र राजा बलीको कथासँग जोडिएको छ । पुराण अनुसार, बली दानवीर र भक्तिपूर्ण राजा थिए । जब भगवान् विष्णुले वामन अवतार लिएर बलीसँग तीन पाउँ जमिन मागे, तब बलीले आफ्नै राज्य र जीवन अर्पण गरे । विष्णुले प्रसन्न भई उनलाई स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान दिए र तिहारको दिनमा आफ्नो राज्य भ्रमण गर्न निमन्त्रण दिए । त्यस सम्झनामा लक्ष्मीपूजाको रातमा भैलो खेल्ने परम्परा चलनमा आएको हो । भैलो खेल्दा “बलिराजाको भलो होस्” भन्ने भावना व्यक्त गरिन्छ ।