काठमाडौँ,
निर्वाचन आयोगले आगामी निर्वाचनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ ।

आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई मङ्सिर ४ गते छलफलका लागि पत्रचार गरिएको पुष्टि गरे । सरकारले आगामी फागुन महिनामा स्थानीय तह निर्वाचन गर्ने तयारी गरेको छ । त्यस्तै, स्थानीय र प्रदेश तह निर्वाचन एकै चरणमा गर्ने कि नगर्ने भन्नेबारे पनि बहस हुँदै आएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पनि आयोगले स्थानीय तह र प्रदेश तहको निर्वाचनबारे छलफल गर्न आयोगले दलहरूलाई मङ्सिर ४ गते बोलाएको बताएका छन् । छठ पूजाका लागि आइतबार सर्लाही पुगेका थापाले त्यहाँका सञ्चारकर्मीसँग कुरा गर्दै आयोगले निर्वाचनबारे छलफल गर्न आयोगले बोलाएको बताएका हुन् ।