सुचना, समाचार र मनोरन्जन

भोटेकोशी बाढीपीडितको उद्धार र राहतका लागि चीनले २० लाख डलर अनुदान दिने

काठमाडौँ,

Pach Pandav

चीन सरकारले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतका लागि नेपाललाई २० लाख अमेरिकी डलर नगद अनुदान दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारबाट प्राप्त हुने उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भोटेकोशी बाढीबाट प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि चीनबाट प्राप्त हुने अनुदान स्वीकार गरिएको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.