सुचना, समाचार र मनोरन्जन

‘जाला जोवन’मा बाउको निर्देशन छोरो हिरो

काठमाडौँ :

सान्भि इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्मित डान्सिङ गीत ‘जाला जोबन’ आज सार्वजनिक भएको छ। विवाहको मौसम चलिरहेका बेला रिलिज गरिएको यस गीतले दर्शक तथा श्रोतामाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ।

Pach Pandav

सान्भी इन्टरटेन्मेन्टको पहिलो म्युजिक भिडियो भएकोले मायाको अपेक्षा करिश्मा केसीले गरेकी छन् भने शोभित बस्नेतले फिल्म र म्युजिक भिडियो सङै सिरिज र पोडकास्ट समेत ल्याउने योजना रहेको र पछाडि बसेर ससुरा बुहारीले काम गर्दै छोरा सलोन बस्नेतलाई अगाडि ल्याउने बताए। मोडल विमला खत्री भने आफ्नो अस्ट्रेलिया फर्किने दिन लम्ब्याएर यही गीत सार्वजनिक भए पश्चात् भोलि फर्किँदै छिन्।

शोभित निर्देशित गीतको भिडियोमा सलोन र विमलाको अभिनय देख्न सकिन्छ। भिडियोमा विमला र सलोनको जोडीलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। सिडी विजय अधिकारी र शान्ति श्री परियारको स्वर रहेको उक्त गीतमा अर्जुन पोखरेलको सङ्गीत र मुक्त उदासको शब्द रचना रहेको छ। गीतको रेकर्डिङ डिभाइन स्टुडियोमा सम्पन्न गरिएको हो। मौसम हिमालीको कोरियोग्राफीमा तयार पारिएको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । ओएसआर डिजिटलमा सार्वजनिक भिडियोको सम्पादन बन्दे प्रसादले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.