सुचना, समाचार र मनोरन्जन

निश्चलको ‘डेनी डेन्जरस’का हिरो हो धिरज?

काठमाडौं :

एक दशकअघि फिल्म ‘लुट’जस्तो सफल फिल्म दर्शकलाई पस्किएका निर्देशक निश्चल बस्नेतको नयाँ फिल्मको चर्चा हुँदैछ। यस वर्ष उनी ग्याङ्स्टर फिल्म ‘डेनी डेन्जरस’निर्माण गर्ने तयारीमा छन्।

Pach Pandav

यस फिल्मका लागि पछिल्लो समय चर्चामा अभिनेताका रुपमा धिरज मगर छन्। उनी यस फिल्मका लागि एक वर्षअघि नै अनुबन्ध भएको हल्ला पनि छ। तर कलाकार तथा निर्माण टिमले आधिकारिक रुपमा सार्वजनिक गरेका छैनन्।

यस फिल्मका लागि केहि दिनअघिसम्म समिर भट्ट रहने हल्ला बाहिरिएको थियो। तर समिरका बुवा बिराज भट्टले आफ्नो र छोराको बारेमा झुटो समाचार नछान्न आग्रह गरेका थिए। विज्ञप्ती नै जारी गरेर आफुहरु कुनै फिल्मकर्मीसँग छलफल तथा भेटघाट भएको छैन र अनुबन्ध भएका पनि छैनौ भनिसकेका छन्।

यस फिल्ममा निश्चलकै व्यानर ब्ल्याक हर्स पिक्चर्स रहने छ। स्वस्तिमा खड्काको लगानी रहने यस फिल्मको लेखन निर्देशक बस्नेत र आकाश बरालले गरिरहेका छन्। फिल्मका कलाकार को को रहने हुन् भन्ने बारेमा पनि निर्माण पक्षले बाहिर बोलेको छैन।

Leave A Reply

Your email address will not be published.