सुचना, समाचार र मनोरन्जन

गोली प्रहारको घटनापछि टाइगर श्रॉफको कमब्याक, ‘देवा श्री गणेशा’ मा जमे

मुम्बई :

बलिउड स्टार टाइगर श्रॉफ गोलीकाण्डपछि पहिलो पटक मञ्चमा देखिएका छन्। शनिबार साँझ मुम्बईस्थित ‘गेटवे अफ इन्डिया’ मा आयोजित ‘ग्लोबल पीस अनर्स २०२६’ मा उनले आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शक तताएका हुन्। गत अक्टोबरमा भएको गोली काण्डले उनी सार्वजनिक कार्यक्रमका लागि बाहिर निस्केका थिएनन।

Pach Pandav

समारोहको सुरुवातमै मञ्च सम्हालेका टाइगरले ‘अग्निपथ’ को चर्चित गीत ‘देवा श्री गणेशा’ मा प्रस्तुति दिँदा वातावरण संगीतमय बनेको थियो। परम्परागत पोसाकमा सजिएर उनले गरेको नृत्यका भिडियोहरू यतिबेला सामाजिक सञ्जालमा निकै रुचाइएका छन्।

टाइगरका लागि यो उपस्थिति निकै अर्थपूर्ण मानिएको छ, किनभने अक्टोबर १८ को घटनायता उनी सार्वजनिक कार्यक्रममा देखा परेका थिएनन्। त्यतिबेला जुहू क्षेत्रमा फुटबल खेलेर घर फर्किँदै गर्दा अज्ञात समूहले उनको गाडीमाथि गोली चलाएको थियो। उक्त आक्रमणमा टाइगरलाई सामान्य चोट लागेको थियो भने गाडीको सिसा फुटेको थियो

अमृता फडणवीसको अगुवाइमा सञ्चालित ‘दिव्याज फाउन्डेसन’ ले आयोजना गरेको ‘ग्लोबल पीस अनर्स २०२६’ आतङ्कवादका पीडित र वीर योद्धाहरूको स्मरण गर्दै शान्ति र सद्भावको सन्देश दिन हरेक वर्ष गरिन्छ। कार्यक्रममा शाहरुख खान, अक्षय कुमार, रणवीर सिंह, विक्रान्त मेसी र सचिन तेन्दुलकर लगायतको उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.