सुचना, समाचार र मनोरन्जन

‘आ बाट आमा’को कमाई १२ करोड नजिक,जेरी अनटपलाई टप्ने दौडमा निस्कियो

काठमाडौं :

विपना थापाको मुख्य भुमिका रहेको फिल्म ‘आ बाट आमा’को कमाई ११ करोड कटेको छ। यो फिल्मले सोमबार दिउँसोसम्म ११ करोड ४३ लाख भन्दा बढिको व्यापार गरेको छ। यो फिल्मले वर्षकै तेस्रो स्थानमा कमाई गरेको छ।

गत कात्तिकमा ‘ऊनको स्वीटर’को व्यापार ११ करोड ४१ लाख रुपैयाँ ग्रस थियो । यो फिल्मले सर्वाधिक कमाई गर्न पुगेको थियो तर यो समय धेरै दिन अडिन सकेन। किनभने यो फिल्मलाई उछिन्दै अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ले टपेको थियो। यस फिल्मले १२ करोड २६ लाख ६ हजार रुपैयाँ ग्रस कमाइ गरेको थियो।

तर कार्तिक १४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परान’ले चार हप्तामा नै ‘जेरी अन टप’लाई उछिन्यो। यस वर्षको सर्वाधिक कमाई गर्ने पहिलो फिल्म परान अहिलेसम्म कामय रहेको छ। १८ करोड नजिक व्यापार गरेको यो फिल्मलाई पछ्याउदै यतिबेला ‘आ बाट आमा’ दौडिरहेको छ।

चन्द्र पन्तको निर्देशित फिल्म ‘आ बाट आमा’मा विपना थापा, प्रदीप रावत (गजनी भिलेन),पल शाह, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती,गजित बिष्ट लगायतको अभिनय रहेको छ। यस फिल्मले ११ करोडको व्यापार गरेपछि निर्माण टिमले यसै फिल्मका अभिनेता आइतबार मात्र यो फिल्मको सिक्वेल निर्माणको घोषणा गरिसकेको छ।

गत शनिबार अर्थात ९ फागुनसम्मको घरेलु बक्सअफिसमा दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले सो अवधिसम्म देशब्यापी ६३ लाख २४ हजार ७१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। सोही अवधिमा यसका १९ हजार ३७९ वटा टिकट बिकेका छन्। यस फिल्ममा निर्देशक राउतले नयाँ अनुहार अभिषेक खड्का र आकृति राज भण्डारीलाई अभिनय गरेका छन्। यस फिल्मको ‘डोको बुन्नु’पछिल्लो समयको सर्वाधिक चर्चामा रहेको गीत हो।

त्यसै गरि सुदिप्ता अधिकारी निर्देशित ‘रमिताको पिरती’ ले २५ लाख ५५ हजार ८३ रुपैयाँ कमाइ गरेको छ। यसका ७८०३ वटा टिकट विक्री भएका छन्। यस फिल्ममा धिरज मगर,आना शर्माका अलवा समिर श्रेष्ठ रहेका छन्। उनी गायकबाट नायक यसै फिल्मबाट बनेका हुन्।

फागुन १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘बिगुल’ ले ८ लाख ९७ हजार ४१० रुपैयाँ ग्रस कमाइ गरेको छ। यसका २६०९ वटा टिकट बिकेका छन्। रमेश कोइराला निर्देशित यस फिल्ममा नरेन खड्का,बेनिशा हमाल,रमेश बुढाथोकी,शिशिर वाङ्देल लगायतको अभिनय छ।

सोही दिनबाट प्रदर्शनमा आएको अर्को फिल्म ‘श्री बुकुरो’ ले २ लाख ७२ हजार ९३० रुपैयाँ ग्रस कमाएको छ। यसका ८०५ वटा टिकट बिकेका छन्। लक्ष्मी गिरीको मुख्य भुमिका रहेको यस फिल्ममा आशिर्वाद क्षेत्री,निकिता आचार्य लगायतको पनि अभिनय रहेको छ। फिल्मलाई सुदिप भुपाल सिंहले निर्देशन गरेका हुन्।
फागुन १ गतेबाट नै प्रदर्शनमा आएको अर्को फिल्म ‘शिवांश’ले २ लाख ६१ हजार ७५० रुपैयाँ ग्रस कमाएको छ। यसका ७८७ वटा टिकट बिकेका छन्। सन्तकुमार आत्रेयद्वारा निर्देशित यो फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपानेको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.