काठमाडौं :
टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ समूहले पनि फिल्म निर्माण गर्ने भएको छ। शोका अध्यक्ष विशाल भण्डारी र ओएसआर डिजिटलका प्रमुख ओम अग्रवालबीच कागजी सम्झौता भएको छ। सोमबार निर्माता कम्पनी श्री थ्री प्रोडक्सनसँग उक्त डिजिटल कम्पनीका प्रतिनिधिले लिखित सहमति गरेका हुन्। विशाल भण्डारीको यो दोस्रो निर्देशकीय फिल्म हुने छ।
यसअघि उनले ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका थिए। जुन पुर्ण रुपमा असफल भएको थियो। यो कुरा बेला बेला आफ्नै कमडी च्याम्पियनमा भनिरहेका हुन्छन्। यसको छायांकन आउँदो दसैंबाट सुरु गर्ने निर्माण पक्षको भनाई छ। अनटाइटल यो फिल्ममा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ कै कलाकार जोडिनेछन्। पहिलो( कमेडी च्याम्पियन चौंथो सिजन ल्याउने र दोस्रो( कमेडी नाइट विथ च्याम्पियन्स लाइभ फ्रम अस्ट्रेलिया आयोजना गर्ने निर्माण पक्षको तयारी छ।