काठमाडौं :
फागुन २१ गते हुने चुनावको चटारो सबै क्षेत्रमा छ। तर नेपाली फिल्मकर्मीको चटारो चुनावीसँगै आगामी वर्षको दसैंमा रिलिज गर्ने फिल्मको छ। किनभने २०८३ सालको दसैंका लागि ५ वटा फिल्म निश्चित भइसकेका छन् भने तीन वटा अझैँ घोषणा गर्न बाँकी छ।
यो रिलिज डेटमा छक्का पञ्जा टिमको ‘छ माया छपक्कै २’, विराज भट्टको ‘१२ गाउँ २’, ज्ञानेन्द्र देउजाको ‘झिंगेदाउ २’, चन्द्र पन्तको ‘आबाट आमा २’ र ‘महाराजधिराज’आउने पक्कापक्की नै भइसकेको छ।
सोही डेटमा भुवन केसीको ‘बाटुलो जुन’, वसन्त निरौलाको ‘पाँच पाण्डव’ र अशोक शर्माको ‘डबल ट्रिपल’ पनि प्रदर्शनमा आउने लामो समयदेखि नै चर्चामा छन्। यि तीन वटा फिल्म पनि थपियो भने आगामी दसैंमा दर्शकले ८ वटा फिल्मका लागि करिव ४ हजार खर्च जम्मा गर्नुपर्ने हुन्छ।