काठमाडौँ :
आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको प्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’को टिजर रिलिज भएको छ। निर्माण टिमले सोमबार फिल्मको टिजर रिलिज गरेको हो।
फिल्मको ३ मिनेट ३८ सेकेण्ड लामो टिजरमा कृष्ण (पल शाहले मलिका)लाई बोकेर हिडिरहेका छन्। आमाको दबाई लिन हस्पिटल गएका पलले जिन्दगी भर मलिकालाई बोकेर हिड्छु भन्ने कुरा गरेका हुँदा रहेछन्। सोही समयमा आमाले फोन गर्दा उनले उठाउँदैनन्। घरमा पुग्दा आमा (विपना थापा)सुतिरहेकी हुन्छिन्। त्यस बेला कृष्ण निकै डराउँछन्।

टिजरमा दसैँको परिवेश र पारिवारिक संवेदनालाई समेटेर तयार पारिएको पोस्टर सार्वजनिक गरिएको हो। विजया दशमीको अवसर पारेर यहीँ असोज ३० गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले आमा छोराबीचको कथालाई अगाडि बढाएको छ।
टिजरमा तीन जना मात्रै रहेका छन्। “दशैँको जमरा र आमाको पर्खाइको कथा”लाई मुख्य विषयवस्तु बनाएको यो फिल्ममा पल शाह,मलिका महत,रिश्ता गुरुङ,निकिता आचार्य,विपना थापा,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित विष्ट,नरेन खड्का,दिलिप अखेडा,लगायतको मुख्य भूमिका रहनेछ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको यस फिल्ममा लेखक रोशन भट्ट र चन्द्र पन्त हुन् भने संवाद लेखन रोशन भट्टले गरेका हुन्। फिल्मका कार्यकारी निर्माता करण सिंह हुन्। नवराज उप्रेतीको छायाङ्कन डिओपी बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको यस फिल्मको ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका हुन्। ओएसआर डिजिटल,डिजिटल पार्टनर रहेको यस फिल्मलाई आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने जिम्मा लिएको छ।