
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा जेसीजको उपाध्यक्षमा सुमन पहारीको उम्मेदवारी
- दीपकको चिरञ्जीवी भवः’बाट ‘जाले रुमाल’सार्वजनिक,गीतले गर्यो प्रेमको बखान
- हरिवंशदेखि आर्यनसम्मको अभिनय रहेको ‘पाँच पाण्डव’ भोलिदेखि प्रदर्शनमा
- एक खर्ब डलरको अर्थतन्त्र बनाउन निजी लगानी आवश्यक : वाग्ले
- Nawa Niwas: A New Way to Find a Home
- पोखरामा बीएआईसी र आर्कफक्सका नयाँ सोरुम सञ्चालनमा
- अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास घोषणा
- नेपाल पूर्वाधार सम्मेलन मंसिर २३ र २४ गते काठमाडौंमा हुने
- सेनासहित तिनै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री बालेनले लिए ब्रिफिङ
- भोटेकोशी बाढीपीडितले विद्युत् महसुल र जरिवाना तिर्नु नपर्ने
भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन
तनहुँ,
भूमि प्रशासन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२÷८३ मा रु ३६ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ। कार्यालयले रजिष्ट्रेशन दस्तुर, पुँजीगत लाभकर तथा अन्य शीर्षकबाट गरी रु ३६ करोड ४८ लाख ६३ हजार ८ सय ४१ राजश्व सङ्कलन गरेको हो ।
भूमि प्रशासन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्षमा कार्यालयले सबैभन्दा बढी रजिष्ट्रेशन दस्तुरबाट राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयले रजिष्ट्रेसन दस्तुरबापत मात्रै रु १७ करोड १५ लाख २८ हजार ८५४ सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । त्यस्तै पुँजीगत लाभकरबापत रु १३ करोड ४२ लाख ८४ हजार ४९९ र अन्य राजस्व शीर्षकबाट रु ५९ लाख पाँच हजार १४८ सङ्कलन भएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा ठूलो सङ्ख्यामा जग्गासम्बन्धी प्रशासनिक तथा कानुनी प्रक्रिया सम्पन्न गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा नौ हजार ९३६ वटा लिखत पारित भएका छन् ।

यस अवधिमा ९८७ वटा नामसारी, ३८४ वटा संशोधन, १८७ वटा दाखिला खारेज र ३५ वटा छुट दर्ताको काम सम्पन्न भएको प्रमुख पौडेलले बताउनुभयो ।
जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज, संशोधनलगायतका कामसँगै कार्यालयले सरकारको राजस्व सङ्कलनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।
त्यस्तै, जग्गा तथा सम्पत्ति कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभकरबाट पनि ठूलो राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार जग्गा कारोबार तथा सम्पत्तिसम्बन्धी सेवाग्राहीको कामलाई प्रभावकारी र व्यवस्थित बनाउँदै सेवा प्रवाहसँगै राजस्व सङ्कलनको कामलाई निरन्तरता दिइएको छ ।