
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘आशा’ फिल्मकी निर्मात्री शर्मिला थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- राष्ट्रिय चलचित्र दिवसमा ‘आमा’ चलचित्रका तीन अग्रणी नायिका सम्मानित, ‘शारदा’ पत्रिका विमोचन
- ‘चंगुल’को प्रिमियर सम्पन्न: जेन्जी आन्दोलनका घाइतेहरू सम्मानित, नाफाको केही हिस्सा बाढीपीडित र घाइतेलाई दिइने
- तेह्रथुमबाट सुरु भयो ‘सुरताल म्युजिकल टुर’, एउटै स्टेजमा प्रमोद, प्रकाश र देबेन्द्र
- निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो
- सरकारी महिला कर्मचारीलाई महिनावारी बिदाको प्रस्ताव
- सिंहदरबार वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन
- राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
- एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए
- बहुविवाह गर्ने र विदेशको पीआर लिनेले अब निजामती सेवामा प्रवेश नपाउने
गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीबाट निर्यातभन्दा आयात पाँचगुणा बढी
तनहुँ,
गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन इकाइबाट पछिल्लो छ महिनाको अवधिमा निर्यातभन्दा आयात पाँचगुणाले बढी भएको छ ।
इकाइबाट प्राप्त तथ्याङ्कअनुसार ५४२ मेट्रिकटन तरकारी तथा फलफूल निर्यात हुँदा दुई हजार ९०७ मेट्रिकटन आयात भएको कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो ।
उक्त अवधिमा २६६ मेट्रिकटन तरकारी निर्यात हुँदा एक हजार ५९६ मेट्रिकटन तरकारी आयात भएको छ । एक सय ९८ मेट्रिकटन फलफूल निर्यात हुँदा ७३८ मेट्रिकटन फलफूल आयात भएको छ । खाद्यान्नबालीतर्फ ७८ मेट्रिकटन निर्यात हुँदा ५७३ मेट्रिकटन आयात भएको छ । तनहुँ, गोरखा, कास्की, लमजुङले निर्यात गर्दा चितवन, धादिङ, गोरखा, मकवानपुर र नवलपुरले आयात गर्ने गरेका छन् ।
कार्यालयको तथ्याङ्कअनुसार तनहुँ हुँदै कृषिउपज मुख्य रूपमा गोरखा, कास्की र लमजुङ जिल्लामा निर्यात हुने गरेका छन् । विशेषगरी मौसमी तरकारी, फलफूल तथा स्थानीय उत्पादनको माग ती जिल्लामा रहेकाले निर्यात हुने गरेको अधिकारीको भनाइ छ ।

तनहुँ जिल्ला हुँदै चितवन, धादिङ, गोरखा, मकवानपुर र नवलपुर जिल्लाबाट आयात हुने गरेको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा पर्याप्त उत्पादन नहुने मौसममा तरकारी तथा फलफूल बाहिरी जिल्लाबाट भित्रिने गरेको अधिकारीले बताउनुभयो ।
अधिकारीका अनुसार तनहुँमा व्यावसायिक तरकारीखेती, सुन्तलाजात फलफूल, धान, मकै तथा अन्य खाद्यान्न उत्पादनमा कृषकको आकर्षण बढ्दै गएको छ । सिँचाइ, कृषि सडक, प्रविधि र बजार व्यवस्थापनमा थप सुधार गर्नसके जिल्लाको उत्पादन क्षमता अझ वृद्धि हुने सम्भावना रहेको उहाँको भनाइ छ ।
कृषि विकास कार्यालयले उत्पादन वृद्धि, व्यवसायीकरण तथा बजार पहुँच विस्तारका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
कृषकलाई अनुदान, प्राविधिक सेवा तथा आधुनिक खेती प्रविधि उपलब्ध गराउने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नसके आगामी दिनमा आयात प्रतिस्थापनसँगै निर्यात वृद्धि गर्न सकिने विज्ञहरुको भनाइ छ ।