सुचना, समाचार र मनोरन्जन

‘शुभ विवाह’ को घोषणा : प्रदीप र सनिशाले गरे इन्गेजमेन्ट

काठमाडौँ : 

प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराईले बिहिबार एक पार्टी प्यालेसमा इन्गेजमेन्ट गरेका छन्। कलाकार र पत्रकारहरुबीच दुवैले इन्गेजमेन्ट गरेका हुन्। उनीहरुको विवाह भने आगामी फागुन २१ गतेलाई तोकिएको छ।

प्रदीप र सनिशाको वास्वतिक विवाह भने होइन। उनीहरु फिलम ‘शुभ विवाह’को लागि अभिनय मात्रै गरेका हुन्। उनीहरुको नक्कली विवाहलाई पनि उपस्थित धेरैले मन पराएका छन्।

सुदर्शन थापाको निर्देशनमा निर्माण हुने यस फिल्मको बिहिबार घोषणा गरिएको हो। साथै यस फिल्मको व्यानरमा नाम पनि बिहिबार नै सार्वजनिक गरियो। निर्देशक थापा र उनकी श्रीमती सुप्रिया कटुवालका सन्तानको नाममा नयाँ फिल्मको घोषणा गरिएको हो। व्यानरको नाम प्रियादर्शन फिल्मस् राखिएको छ। छोरी र छोराको नाममा उनीहरुले नयाँ व्यानरको नाम दर्ता गराएका हुन्।

प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने यस फिल्मको मुख्य भुमिकामा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई रहनेछन्। प्रदीप र सनिशाका साथमा हरिहर शर्मा,वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई,कृष्ण ढुङ्गाना,विशाल पहारी,अन्शु महर्जन,बिन्दा खतिवडा,अनिता बस्नेत,मेक्सम गौडेल,सन्तोष थापा,सुनिशा बजगाईँ,आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य रहेका छन्।

सुप्रिया कटुवालको निर्माता,साम भुजेल कार्यकारी निर्माता रहेको यस फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। फिल्मको पटकथा तथा संवाद लेखन रामशरण पाठकको छ। फिल्ममा अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पाश्र्व संगीत रहनेछ। राजेश श्रेष्ठले छायांकन गर्ने यस फिल्मको सम्पादन मिलन श्रेष्ठले सम्हाल्नेछन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहनेछ। फिल्मका नृत्य निर्देशक विक्रम स्वार हुन् भने ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।

सह–निर्देशकको रूपमा वसन्त अधिकारी (प्रमुख),साजन कट्टेल र प्रार्थना पाठक रहेका छन्। फिल्मको ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन म्यानेजरको रूपमा सुदीप ढकाल रहेका छन्। शृङ्गार सरोज पाण्डे, हेयर डिजाइन सरस्वती श्रेष्ठ र ’बिहाइन्ड द सिन्स’को जिम्मेवारी निरज पन्थीले पाएका छन्। पब्लिसिटी डिजाइन तथा पोस्टर निर्माण आनन्द महर्जनले गर्नेछन्। कम्पनी लोगो एनिमेसन मनोज श्रेष्ठ र फिल्मको टिजर एनिमेसन अनन्त घिमिरेले गर्नेछन्

Leave A Reply

Your email address will not be published.