तनहुँ,
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
- ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक
- हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन
- कास्कीका स्थानीय तहहरूको बार्षिक समिक्षा
- ‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’
- ‘ल्याङ्ग ल्याङ्ग’मा मुख्य कलाकारको लाइनअप पुरा
- प्रवेशको ‘मायालु’मा कबीर खड्काको जोडी बन्दै आकृति
- सेयर बजारमा गिरावट, ४ अर्ब १६ करोडको कारोबार
- पारिवारिक कथाको फिल्म ‘पार्वती’लाई ‘युनिभर्सल’सर्टिफिकेट, नीताले गरिन् सबैलाई हेर्न आग्रह
‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका(२ स्थित मुक्तिनाथ च्यवनधाममा जारी बोलबम धार्मिक महोत्सवलाई आज सम्बोधन गर्दै महामन्त्री पौडेलले पछिल्लो समय युवापुस्तामा पनि आध्यात्मिक शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले आध्यात्मिक ज्ञान र संस्कारले व्यक्तिको चरित्र निर्माणसँगै समाजमा सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
मुक्तिनाथ च्यवनधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । च्यवनधामको विकाससँगै प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने भएकाले आवश्यक पूर्वाधार निर्माणमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक पर्ने उहाँको भनाइ छ ।
महामन्त्री पौडेलले भन्नुभयो, “आध्यात्मिक शिक्षा वृद्धवृद्धाका लागि मात्र हो जस्तो गरी बुझिएको छ, वास्तवमा यो शिक्षा जीवन पद्धतिसँग जोडिएको विषय हो । यसलाई कसरी व्यवहारमा उर्तार्ने, के गर्ने र के नगर्ने यसबाट सिक्न सकिन्छ ।”
मुक्तिनाथ च्यवनधाममा जारी बोलबम धार्मिक महोत्सव भदौ ८ गतेसम्म सञ्चालन हुनेछ । च्यवनधामका अध्यक्ष अर्जुन लम्सालका अनुसार च्यवनधामको पूर्वाधार विकासका लागि रकम सङ्कलन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा धार्मिक अनुष्ठान, पूजापाठ तथा विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् ।
Next Post