सुचना, समाचार र मनोरन्जन

आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि

काठमाडौँ :

आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी छात्रा आइस्ता जोशीले ‘फेस अफ नेपाल २०२६’ को प्रतिष्ठित उपाधि जितेकी छन्। एमएस प्रोडक्सनद्वारा आइतबार अबेर राति ललितपुरमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइस्ताले उपाधि आफ्नो नाममा पार्न सफल भएकी हुन्। प्रतियोगिताको फिनालेमा ८ महिला र ११ पुरुष गरी कुल १९ प्रतियोगी थिए।

प्रतियोगितामा सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले पनि शीर्ष उपाधि हासिल गरेका छन्। उपाधि विजेता आइस्ता जोशी, सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले दक्षिण कोरियामा आयोजना हुने ‘एसिया मोडल फेस्टिभल’मा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेका छन्।

आइस्ताको यो सफलता नेपाली फेसन तथा मोडलिङ क्षेत्रसँगै आईआईएफटीका लागि पनि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। प्रतियोगिताको फिनालेमा आईआईएफटीमा अध्ययनरत फेसन डिजाइनका विद्यार्थीहरूले तयार पारेका टक्सिडो तथा पेजेन्ट्री गाउनमा प्रतियोगीहरू प्रस्तुत भएका थिए। यसले विद्यार्थी डिजाइनरहरूको सिर्जनशीलता, सीप र व्यावसायिक दक्षतालाई समेत प्रस्तुत गर्ने अवसर प्रदान गरेको थियो।

प्रतियोगिताका लागि पोशाक तयार गर्ने आईआईएफटीका विद्यार्थी डिजाइनरहरूमा अस्मिता सार्की, सीमा गोतामे, शोनु लिम्बू, करिश्मा बुच्चा मगर, बिमला कुटु, आकृति योगल श्रेष्ठ, मीना सारु, सरिता कुमारी चौधरी, आस्था थापा मगर, सरिता थापा, स्मृति खवास, शानु शर्मा, ईशा चौधरी, रेजिना श्रेष्ठ, प्रमिला श्रेष्ठ, राधिका महर्जन, शोभा थापा मगर, प्रेशा थापा र मनु रोकाया रहेका छन्।

आईआईएफटीले ‘फेस अफ नेपाल २०२६’ का विजेताहरू तथा प्रतियोगितामा आफ्नो सिर्जनात्मक योगदान प्रस्तुत गर्ने सम्पूर्ण विद्यार्थी डिजाइनरहरूको प्रतिभा र मेहनतको प्रशंसा गर्दै उनीहरूको आगामी अन्तर्राष्ट्रिय यात्रा सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.