काठमाडौं :
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका शुष्मा गुरुङको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक भएको छ। फिल्म निर्माणमा सक्रिय रहँदै आएकी गुरुङले पहिलोपटक आफ्नै आवाजमा तीज गीत सार्वजनिक गरेकी हुन्। गायनमा नयाँ यात्रा सुरु गरेकी गुरुङले ‘छड्के तिलहरी’मार्फत तीजको मौलिकता र उल्लासलाई प्रस्तुत गरेकी छिन्।
डा। डीपी खनालको शब्द तथा तारा प्रकाश लिम्बूको संगीत रहेको गीतमा तीजको रमाइलो माहोललाई केन्द्रमा राखिएको छ। गीतले यसपालिको तीजमा दर्शक–श्रोतामाझ राम्रो प्रभाव पार्ने तथा नाच्न बाध्य बनाउने विश्वास गायिका गुरुङले व्यक्त गरेकी छिन्।
गीतको भिडियोमा अभिनेत्री पवित्रा आचार्य र प्रकाशजंग कार्कीले अभिनय गरेका छन्। तारावीर पाण्डेको निर्देशनमा तयार भएको भिडियोमा तीजको उल्लास, नेपाली मौलिकता र मनोरञ्जनलाई प्रस्तुत गरिएको छ।
फिल्म निर्माणसँगै गायन क्षेत्रमा समेत सक्रिय हुने तयारीमा रहेकी गुरुङका लागि ‘छड्के तिलहरी’ पहिलो गायन प्रस्तुति हो। आफ्नो पहिलो गीतलाई दर्शक–श्रोताले माया गर्नेमा आफू आशावादी रहेको उनले बताएकी छिन्। हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको ‘छड्के तिलहरी’ले तीजको माहोललाई थप रमाइलो बनाउने अपेक्षा गरिएको छ।