सुचना, समाचार र मनोरन्जन

आर्यन खानको वेब सिरिजमाथि मुद्दा

काठमाडौं :

शाहरुख खानका छोरा आर्यन खानले निर्देशन गरेको वेब सिरिज ‘The Bads of Bollywood’ कानुनी विवादमा तानिएको छ । नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) का पूर्व अधिकारी समीर वानखेडेले आफूलाई अपमानजनक ढंगले प्रस्तुत गरिएको भन्दै दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

वानखेडेले सिरिजमा आफ्नो चरित्रलाई तोडमोड गरेर प्रस्तुत गरिएको र यसले उनको प्रतिष्ठा ध्वस्त पारेको दाबी गरेका छन् । त्यसक्रममा उनले आर्यन खानसहित निर्माण टिमसँग २ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।

सन् २०२१ मा मुम्बई क्रुज ड्रग्स केसमा आर्यन खान पक्राउ पर्दा वानखेडे नै अनुसन्धान टोलीको नेतृत्वमा रहेका थिए । त्यसयता उनी विवादमा तानिँदै आएका छन् । यो मुद्दा सार्वजनिक भएपछि बलिउड भित्रै ठूलो चासो बढेको छ । सिरिजमाथि अदालतको निर्णय नआएसम्म यसको भविष्य अन्योलमा पर्ने देखिएको छ ।

स्रोत: Economic Times

Leave A Reply

Your email address will not be published.