सुचना, समाचार र मनोरन्जन

आठौं इक्यान शैक्षिक मेला शुक्रवारदेखि, ७० स्टल प्रदर्शन हुने

पोखरा,

आठौं संस्करणको इक्यान शैक्षिक मेला भदौ २० र २१ गते पोखराको सिटी स्क्वायर बैंक्वेटमा हुदैँछ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुन लागेको शैक्षिक मेलामा ७० वटा स्टल रहनेछन्।

करिब ५० वटा एजुकेशन कन्सल्टेन्सी, विभिन्न बैंक तथा वित्तीय संस्था, स्वदेश तथा विदेशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि स्टलमा सहभागी हुने मेलाका संयोजक तथा इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले बताए । स्टलको माग बढेकाले यसपटक संख्या थप गरी ७० पुर्याइएको उको भनाई छ ।

मेलाको तयारी अन्तिम चरणमा पुगेको र मेला उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गर्ने इक्यान कास्कीका अध्यक्ष प्रकाश गैरेले जानकारी दिए ।

मेला विशेषगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान इच्छुक विद्यार्थीलाई लक्षित गरिएको छ। अष्ट्रेलिया, युके, क्यानडा, न्युजिल्याण्ड, अमेरिका लगायतका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू मेलामा प्रत्यक्ष सहभागी हुने शाहीले जानकारी दिए।

मेलाले विद्यार्थीलाई एउटै छानामुनि विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्ने, शैक्षिक प्रक्रिया र अध्ययन अवसरबारे प्रत्यक्ष जानकारी लिने सुवर्ण अवसर प्रदान गर्ने आयोजक इक्यान कास्कीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.