काठमाडौँ :
विमल पौडेल निर्देशित समसामयिक विषयवस्तुमा आधारित टेलिफिल्म ‘अभाव’को टिजर रिलिज भएको छ। बिहिबार काठमाडौंमा आयोजित एककार्यक्रमबीच टिजर रिलज भएको हो।
सामाजिक र राजनीतिक प्रभावमा सन्तानप्रतिको भावना र लभस्टोरीको कथालाई टेलिफिल्मको पर्दामा उतारिएको छ। सिरियलमा श्याम राई,सशील पोखरेल,रमेश देवकोटा,दिनेश न्यौपाने,निशु सिर्पाली, सुलक्षण पोखरेल, रेखा दाहाल, साजन कार्की, रामहरी खड्का, आशिष जिसि, मन्दिप ढुंगाना,का अलवा निर्देशक आफैले अभिनय गरेका छन्।
यसमा संगीत कृष्ण लामिछाने,द्धन्द्ध रोशन श्रेष्ठ,सम्पादन गौतम खड्काको रहने छ भने डिबि थापा,नविन प्रधान र राम प्र सापकोटा निर्माता रहेका छन्।