काठमाडौं :
चर्चित भारतीय गायिका अभिजीत भट्टाचार्य ले आफ्नो छोरा दुबईमा फसिएको अवस्थामा छन्। इरानले दुबईमा रहेका अमेरिकी दुताबासमा आक्रमण गर्न थालेपछि तत्काल उद्धारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष अपिल गरेका छन्।
भारतिय समाचार ‘द टाइम्स अफ इन्डिया’का अनुसार सरकारसामु अपिल गरेका हुन्। यता अभिजीतले सामाजिक सञ्जालमार्फत पनि आफ्नो पीडा साझा गर्दै सरकारसँग छोराको सुरक्षित फिर्तीको माग गरेका छन्। उनी यस घटनाले परिवारमा सिर्जित मानसिक तनाव र सुरक्षा चिन्ता स्पष्ट नभएको बताइरहेका छन्।
अभिजीतको यो अपिलले देश–विदेशमा उनका प्रशंसक र सामाजिक सञ्जाल प्रयोगकर्तामाझ पनि व्यापक प्रतिक्रिया पाएको छ। धेरैले परिवारको सुरक्षामा तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराउन अभिजीतको पहलको समर्थन गरेका छन्।