सुचना, समाचार र मनोरन्जन

‘डिग्री माइलाः एमए थर्ड क्लास’मा अभिनेत्री आँचल

काठमाडौँ :

फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । उनलाई निर्माण टिमले फिल्ममा अनुबन्धित गरेको हो। रामबाबु गुरुङले निर्देशन गर्न लागेको फिल्ममा आँचललाई दयाहाङ राईको जोडीको रुपमा लिइएको हो।

Pach Pandav

निर्देशक गुरुङका अनुसार फिल्ममा आँचल भित्रिएसँगै कलाकार छनौट पनि सकिएको छ । फिल्ममा दयाहाङ राई र आँचल शर्मा,माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, बुद्धि तामाङ र प्रकाश घिमिरेको मुख्य भुमिका रहने छ।यस अघि यहि नामबाट मण्डला थिएटरमा नाटक मञ्चन भएको थियो। निर्माण पक्षका अनुसार सोही नाटकलाई फिल्ममा निर्माण हुन लागिएको हो।

फिल्मले शैक्षिक बेरोजगारलाई व्यङ्ग्यमार्फत फिल्ममा प्रस्तुत गर्छ । असोज १ गतेदेखि फिल्म छायांकन हुनेछ। फिल्मलाई २०८१ सालको वैशाख १ गते रिलिज हुने छ भने फिल्मलाई बाँसुरी फिल्मस्ले निर्माण गरेको हो। ‘डिग्री माइला’पछि निर्देशक रामबाबु ‘कबड्डी ५’को निर्देशनमा जुट्नेछन् ।

Leave A Reply

Your email address will not be published.