सुचना, समाचार र मनोरन्जन

रेखाको दर्शकलाई नयाँ वर्षमा ‘उपहार’

काठमाडौँ :

अभिनेत्री रेखा थापाले आफ्नो फिल्म दसैं या नयाँ वर्षको छेको पारेर रिलिज गर्दै आएकी थिइन् । पाँच वर्षसम्म विभिन्न कारणले फिल्म निर्माण गर्न नसकेकी उनले बल्ल ‘उपचहार’नामक फिल्म र्मिाण जुरेको छ।

Pach Pandav

केहि दिन अघि पशुपतिमा मुर्हत गरेकी फिल्मको छायांकन गर्दै प्रदर्शन मिति समेत घोषणा गरेकी छन्। उनका अनुसार फिल्म ‘उपहार’ आगामी नयाँ वर्षमा रिलिज हुनेछ। ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्मलाई आगामी बैशाख १ गते रिलिज गर्न लागिएको हो।

काठमाडौँका बिभिन्न स्थानमा छायांकन भइरहेको फिल्मलाई रेखा फिल्मस् र कपनगढी ब्यानरले संयुक्त रुपमा निर्माण थालेको हो। यो फिल्मको सेड्युल ४० दिनको छ।

फिल्ममा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राना, अंशु थापा लगायतका कलाकारको अभिनय रहेनछ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य, विष्णु कल्पितको छायांकन र रोशन श्रेष्ठको एक्सन रहने फिल्ममा देव गुरुङको सम्पादन छ ।

Leave A Reply

Your email address will not be published.