सुचना, समाचार र मनोरन्जन
IVF New Banner

सारुककी आमाको गुनासो : छोराको अन्तिम सुटिङको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो

काठमाडौं :

IVF Post

सारुक ताम्राकारकी आमा रुक्मणीले छोरोले किन आत्महत्या रोज्यो यसलाई गंभिर रुपमा अनुसन्धान गरिदिन आग्रह गरेकी छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत छानविन कहाँ पुगेको हो प्रहरीले कुनै खबर नदिएको उल्लेख गरेकी छन्। केहि दिन अघि छोरोको पीरले श्रीमान सानु ताम्राकारको पनि निधन भएपछि पीडा रहेकी पुलिसले छानवीन कहाँ के पुग्यो समेत जानकारी नदिएको बताएकी छन्।

Safal

उनले लेखेकी छन्,‘मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा मेरो श्रीमान पनि गुमाउदा म माथि ठुलो बज्रपात परेको छ । यतिका दिनसम्म पनि पुलिस प्रशासनबाट छानबिन कहाँ सम्म पुग्यो भन्ने कुराको खबर न आउदा ,म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु कि । छोराको अन्तिम सुटिङको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुराको छानबिन राम्रोसंग गरिओस र पुलिसले फोन डिटेलप्रस्ट अगाडी ल्याउनु हुन अनुरोध गर्दछु।’

Leave A Reply

Your email address will not be published.