काठमाडौं :
निखिल उप्रेतीको लेखन,निर्देशन तथा अभिनय रहेको फिल्म ‘आचार्य’को टिजर रिलिज भएको छ। मंगलबार निर्माण टिमले एक्सनप्रधान फिल्म ‘आचार्य’को टिजर युट्युबमा सार्वजनिक गरेको हो।
टिजरले यो फिल्म बदलाको कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ। शीर्ष कलाकार समेत रहेका निखिल टिजरमा एकछत्र देखिएका छन्। टिजर रिलिज भएसँगै निखिलको कमव्याकको चर्चा कमाएको छ। उनी दुश्मनविरुद्ध एक्सन अवतारमा प्रस्तुत भएको देखिन्छ। निखिलसँगै फिल्ममा पूर्णिका सिजापतिलाई पनि देख्न सकिन्छ। कृष्ण भट्टराईको निर्माण रहेको फिल्म ९ असोज देखि प्रदर्शन तयारीमा छ।